News Portal

पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

१६२ पटक

काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा पनि अघि बढेका छन्। उनले ‘हामी छौं फाउन्डेसन’ नामको संस्था स्थापना गरेर दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवा विस्तारमा काम गर्ने योजना सार्वजनिक गरेका छन्।

शनिबार फाउन्डेसनको औपचारिक घोषणा गर्दै शाहले सेवा नपुगेका क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविर संचालन, कठिन अवस्थाका विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम र विपद्‌का बेला तत्काल राहत उपलब्ध गराउनेजस्ता योजनाहरू सुनाए। संस्थाले घोषणा दिनमै शंखमुलस्थित सुकुम्बासी बस्तीमा पहिलो स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ।

शाहका अनुसार संस्थामार्फत समाजसेवा गर्ने उद्देश्य उनले काठमाडौं आएका समयदेखि नै बोकिरहेका थिए। धेरै वर्षदेखि विभिन्न कारणले अघि बढ्न नसकेको योजनालाई अब दर्तासहित औपचारिक रुपमा प्रारम्भ गर्न पाएकोमा उनले खुशी व्यक्त गरे।

कार्यक्रममा १५ संगीत विद्यार्थीलाई एक वर्षका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा पनि गरिएको थियो। शाहले आगामी वर्षहरूमा सरकारको ध्यान नपुगेका दुर्गम जिल्लाहरूसम्म शिक्षा र स्वास्थ्यका कार्यक्रम लिएर जाने तयारी भएको बताए।

फाउन्डेसनलाई टिकाउ बनाउन उनले आफ्नो फिल्म पारिश्रमिकको १० प्रतिशत रकम संस्थामार्फत समाजसेवामा खर्च गर्ने प्रतिवद्धता जनाएका छन्। हालै प्रदर्शनमा आएको फिल्म ‘मोहर’ सफल भएपछि शाह समाजसेवामा अझ सक्रिय हुने संकेत देखिएको छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...