News Portal

पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

३२५ पटक

काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा पनि अघि बढेका छन्। उनले ‘हामी छौं फाउन्डेसन’ नामको संस्था स्थापना गरेर दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवा विस्तारमा काम गर्ने योजना सार्वजनिक गरेका छन्।

शनिबार फाउन्डेसनको औपचारिक घोषणा गर्दै शाहले सेवा नपुगेका क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविर संचालन, कठिन अवस्थाका विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम र विपद्‌का बेला तत्काल राहत उपलब्ध गराउनेजस्ता योजनाहरू सुनाए। संस्थाले घोषणा दिनमै शंखमुलस्थित सुकुम्बासी बस्तीमा पहिलो स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ।

शाहका अनुसार संस्थामार्फत समाजसेवा गर्ने उद्देश्य उनले काठमाडौं आएका समयदेखि नै बोकिरहेका थिए। धेरै वर्षदेखि विभिन्न कारणले अघि बढ्न नसकेको योजनालाई अब दर्तासहित औपचारिक रुपमा प्रारम्भ गर्न पाएकोमा उनले खुशी व्यक्त गरे।

कार्यक्रममा १५ संगीत विद्यार्थीलाई एक वर्षका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा पनि गरिएको थियो। शाहले आगामी वर्षहरूमा सरकारको ध्यान नपुगेका दुर्गम जिल्लाहरूसम्म शिक्षा र स्वास्थ्यका कार्यक्रम लिएर जाने तयारी भएको बताए।

फाउन्डेसनलाई टिकाउ बनाउन उनले आफ्नो फिल्म पारिश्रमिकको १० प्रतिशत रकम संस्थामार्फत समाजसेवामा खर्च गर्ने प्रतिवद्धता जनाएका छन्। हालै प्रदर्शनमा आएको फिल्म ‘मोहर’ सफल भएपछि शाह समाजसेवामा अझ सक्रिय हुने संकेत देखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...