News Portal

उपचार नपाएर दुर्गमका महिला जोखिममा, दुधे सुत्केरीको हेलिकप्टरवाट उद्धार

हिमाली संचार संवाददाता
७३१ पटक

(लिम्सा)जाजरकोट : जिल्लाको दुर्गम वारेकोट गाउँपालिका प्रमुख महेन्द्रवहादुर शाहलाई आईतवार मध्यरातमा मोवाईलमा घण्टी वज्यो । आफनो घर नायकवाडा तोलखानां रहेका प्रमुख शाहलाई वारेकोट २ रोकायगाउं ४२ वर्षीय मैसरा थापा सुत्केरी भइ समयमा उपचार नपाएर शिसुको मृत्यु भएको् र रक्तश्रावले ४ दिन देखि थला परेकी महिलाको उद्धार गरि दिन आफन्तले आग्रह गरे ।

जिल्लाको सडक सन्जालले नछोएको उत्तरी भेकको वारेकोट सुत्केरी हुन नसकेर, अत्यधिक रक्तश्रावले, भीरवाट लडेर, समयमा उपचार नपाएर धरै महिलाका्े ज्यान जाने गरेको छ । प्रमुख शाहले गर्भवती भएर जोखिममा रहेका महिलाहरु लाई उद्धार गर्नमा सक्रिय रहेको संस्था घरआंगन–नेपाललाई तत्काल खवर गरि उद्धार गरि दिन आग्रह गरे । हेलिकप्टरमा लाग्ने खर्च २५ प्रतिशत सम्म स्थानीय निकायले पनि व्यहोर्ने प्रतिवद्धता समेत जनाए ।

घरआंगन नेपालले तत्काल पोखरामा रहेको सिम्रिक एयरको हेलिकप्टर पठाई रक्तश्राव र कुपोषणले कमजोर भएको उनको शरिर लाई ४ दिन सम्मको निरन्तर रक्तश्रावले थाम्न सकेन र वेहोसीमै पुगेकी थिईन् । ‘रक्तश्रावका ३ दिन सम्म स्थानीय धामीझाक्री र लामाले कुल देवता विग्रेको भनेर झारफुक गरे, कुखुरा सुंगुर काटे, नभए पछि गाउँपालिकालाई गुहारेका हुन् । ’विरामी मैसरा संगै उपचार गराउन पोखराको मणिपाल अस्पतालमा पुगेका उनका देवर हिमवहादुर थापाले वताए ।

गाउँपालिका प्रमुख शाहले भने‘ विरामी हुन साथ हेलिकप्टर मगाएर उपचार गर्न उचार गरिएको यो पहिलो घटना हो। आर्थिक अभाव र भौगोलिक विकटताका कारण समयमै अस्पताल पुरयाउन नसकेर अकाल मृत्युको मुखमा पुग्छन् , सडक नभएर निकै कठिन छ। हाल सम्म सडक सन्जालले नछोएको उत्तरी भेकका वारेकोट, कुशे, (तत्कालिन ८ गाविसहरु) का २० हजार घरधुरीको भैपरि आउदा यातायातको साधन अभावमा वाटैमा मृत्यु हुने गरेको छ ।

उद्धारमा निशुल्क हेलिकप्टर प्रयोग हुन थाले पछि संस्थालाई आर्थिक जोहोृ गर्न पनि कम्मर कसेको वताउदैं घरआंगननेपालका दिपक सिलवालले भने‘सधैं अर्काको हेलिकप्टर भाडामा लिनु भन्दा आवश्यक प्रकृया पुरयाएर हवाई एम्वुलेन्सको लागी आफनै संस्थाले आवस्यक उपकरण सहितको हेलिकप्टर खरिद गर्ने प्रयासमा जुटेका छौं, रकमको जोहो गर्दैछौं । यस संस्थाले यस अघि सुत्केरी हुन नसकेर कठिन अवस्थामा रहेका ६ वटा गर्भवतीको हवाई उद्धार गरि सकेकोछ । हेलिकप्टर प्रयोग गरेको १ महिना भित्र रकम भुक्तानी गर्नु पर्ने सिम्रिक एयर संग आपसी संझौता समेत छ । उद्धार गर्ने संस्थाले नेपाल मेडिकल कलेज संग संझौता गरि निशुल्क उपचार प्रवन्ध समेत मिलाएकोछ । 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...