News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेकपाका नेता गुरूङविरूद्ध अनुशासन आयोगमा उजुरी !

    हिमाली संचार संवाददाता
    ५१० पटक

    बाँके : नेकपाका नेता निरक गुरूङविरूद्ध तत्कालिन नेकपा एमालेको अनुशासन आयोगमा उजुरी परेको खुलासा भएको छ । तत्कालिन एमाले बाँकेका उपाध्यक्षसमेत रहेका गुरूङले पार्टी अनुशासन बाहिर गएर आफ्नै नेता तथा कार्यकर्तालाई दुर्व्यवहार गालीगलौज गर्दै पार्टीकै बदनाम गरेको भन्दै तत्कालिन एमालेकै एक नेताले पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएको खुल्न आएको हो ।

    पार्टी र कार्यकर्ताको भावना चोट पु¥याएको भन्दै ती नेताले जिल्लास्थित अनुशासन आयोगमा उजुरी दिँदा तत्कालिन नेकपा एमाले बाँकेको जिल्ला कमिटीमा गुरूङ नै उपाध्यक्ष भएकोले सो उजुरीमाथि सुनुवाई नभएको उनले बताएका छन् । उनका अनुसार जिल्लामा सुनुवाई नभएपछि अमर्यादीत बन्दै गएका नेता गुरूङमाथि कानूनी कारवाहीको माग गर्दै आफूले केन्द्रीय अनुशासन कमिटीमा उजुरी दिएको ती नेताले बताए ।

    एक बर्षअघि पाटीको भेला नेपालगन्जकै एक होटलमा भएको बेला तत्कालिन उपमहासचिव तथा अहिलेका महासचिव बिष्णु पौडेललाई समेत गुरूङको अनुशासनहीनता र कार्यकर्तामाथिको शोषणका बारे उजुरी गरेको उनले जनाए । तर, उक्त उजुरीमाथि तत्कालिन एमाले र अहिलेको नेकपाले छानबीन समेत सुरू नगरी पार्टीको अनुशासन बाहिर गएका र कार्यकर्ताको भावना, र आँचमा चोट पु¥याइरहेका नेता गुरूङलाई प्रक्षपोषण गरिरहेको नेकपा निकट कार्यकर्ताको गुनासो छ ।

    नेता गुरूङले तत्कालिन नेकपा एमाले भेरी अञ्चल कमिटी सदस्य शान्ती ढकाललाई पनि विगतमा गालीगलौज गर्नुका साथै स्थानीय तहको निर्वाचनकै समयमा भाष्कर काफ्लेको होटलमै आगो लगाई सखाप पारिदिने भन्दै धम्कीसमेत दिएको तत्कालिन एमाले कार्यकर्ता नै बताउँछन् ।

    अञ्चल कमिटी सदस्य ढकालमाथि गालीगलौज गरेको बिषले एकदमै चर्चा लिएपछि नेता गुरूङले पाटीको बैठकमै माफी मागी आगामी दिनमा कसैलाई पनि यस्तो व्यवहार नगर्ने भनि कागतसमेत गरेको तत्कालिन जिल्ला कमिटीका एक पदाधिकारीले नाम नछाप्ने शर्तमा बताए । केही पत्रकार र दुईचार जना युवाको आडमा आफूलाई नेकपाको ठूलै नेता सम्झदै आएका गुरूङले केही दिनअघि नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव पत्रकार काशीराम शर्मालाई पनि गालीगलौज गर्दे मार्नेसम्मको धम्की दिएको घटना सार्वजनिक भएको थियो ।

    यो पनि पढनुहोस।
    अबैध यौनजन्य कारोबारमा संलग्न नेकपा नेता गरुङ्गले दिए पत्रकारलाई मार्ने धम्की !

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ८, २०८२ (अप्रिल २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देउवालाई कांग्रेस नेताहरूको प्रश्न: सिंगापुर उपचारपछि बैंकक फलोअप, के हो रहस्य?

    ७ वैशाख, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई हालै स्वास्थ्य उपचारका लागि सिंगापुर र बैंककको...

    कलंकी ग्याङफाइट : अभय तामाङ हत्यामा २१ जनाविरुद्ध ज्यान मुद्दा, सर्वोच्च अदालतको नजिर अनुसार कारबाही अघि बढ्दै

    काठमाडौं, वैशाख ७ – काठमाडौंको कलंकीस्थित खड्कागाउँमा भएको ग्याङफाइट प्रकरणमा २३ वर्षीय अभय तामाङको हत्या...

    रवि लामिछानेको सर्वोच्चमा निवेदन : “म गैरकानुनी रूपमा थुनामा छु”

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई बिना कानुनी प्रक्रिया...

    राप्रपाको प्रदर्शनबाट अध्यक्ष लिङ्देनसहित सात जना पक्राउ

    काठमाडौं, वैशाख ७ – राजधानी काठमाडौंमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शनका...