News Portal

गरिब परिवारको दुखमा केही राहत वितरण गरियो

३६१ पटक

रबिन्द्र बराल/ मोरङ, साउन १८ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अइलानी जग्गामा बसोबास गर्दै आइरहेका देवकुमार साह हलुवाई अहिले आफ्नो ७ सदस्यीय परिवारलाई खाद्यान्न र पालनपोषणमा समस्या परेको खबर एभिन्युज टेलिभिजन, सप्तकोसी टेलिभिजन, रङ्गेली अपडेट, हिमाली सञ्चार लगायतमा १३ गते समाचार सम्प्रेषण भएपछि उक्त परिवारलाई केही राहत वितरण गरिएको छ।

रङ्गेली–७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार उनीहरूको घरमा पुगेर खाद्यान्न सामग्री—दाल, तेल, साबुन, झुल, बाल्टिन, भुजा समेत—हस्तान्तरण गरेको छ।

राहत वितरण कार्यक्रममा रतुवामाई नगरपालिका–५ का वडा अध्यक्ष सोमनाथ कार्की, संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर, एभिन्युज टेलिभिजनका मोरङ रिपोर्टर रबिन्द्र बराल, संस्थाका श्रीप्रसाद ठाकुर, मनोज कुमार साह, वसी अहमद, दिपक पौद्दार, राजदेव, तथा संस्थाका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले उक्त परिवारका एकजना बच्चालाई कक्षा १० सम्मका लागि निःशुल्क पठनपाठनको लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

उक्त प्रतिबद्धता जनाएपछि वडा अध्यक्ष सोमनाथ कार्कीले यस्तो कार्यलाई आफूहरूले सराहनीय भनेका छन्। “अहिलेसम्म बालबालिकालाई पढाउँछु भनेर यसरी खुला रूपमा कुनै संस्थाहरूले भनेका थिएनन्,” भन्दै धन्यवाद समेत दिएका छन्।

उक्त कार्यक्रममा रतुवामाई–५, गोविन्दपुरका पीडित परिवारका सहयोगीहरू:

🔹अशोक दाहाल – २,१०० रुपैयाँ

🔹सुजित पौडेल, रङ्गेली – १,१०० रुपैयाँ

🔹दिपक महतो, देवनगञ्ज – ५०० रुपैयाँ

🔹अनुप कुमार दास – ५०० रुपैयाँ

🔹धिरेन्द्र कुसवाहा, बर्दिवास – २०० रुपैयाँ

🔹मिनिल्याण्ड बोर्डिङ स्कुल, रङ्गेलीका प्रिन्सिपल बिकर्ण कार्की – १,००० रुपैयाँ

जम्मा सहयोग: ५,४०० रुपैयाँ हस्तान्तरण गरिएको थियो।

त्यसैगरी, चण्डिका डिस्टिलरीका मेनेजर ओमकार थापाबाट ९ केजीको भुजा समेत प्रदान गरिएको थियो।

घरको आर्थिक अवस्था अत्यधिक नाजुक भएपछि वर्षौँदेखि घरको चुहिने छानो समेत टाल्न सकेका छैनन्। घरमा टाटीको रूपमा त्रिपालको सहारा र केही मात्रामा टिनको छानो भएको घरमा उनको वास रहेको छ।

एउटामात्र सानो कोठा जस्तो देखिने र आँगनमा खुला आकाशमुनि रात बिताउन बाध्य रहेका छन्। उनका घरमा सुत्नका लागि चारवटा बाँस गाडेर टाटी बनाएर सोही माथि आफ्नो ७ जनाको परिवार रात बिताउन बाध्य छन्।

उनको घरमा श्रीमती सीता साह, जेठा छोरा रामकुमार साह, छोरी गिता साह (सुस्त मानसिक स्थिति भएकी), छोरीहरू मंगली साह, लक्ष्मी साह र पार्वती साहसहित ७ जनाको परिवार सोही घरमा बसोबास गर्दै आइरहेका छन्।

परिवारका सदस्यको शरीरमा एक जोर लुगा मात्रै रहेको र दुई छाक हातमुख जोड्न समेत धौधौ परेको अवस्था रहेको छ।

उनको गाउँमा सबैको घरमा राति झिलिमिली बत्ती बल्छ, तर उनको घरमा मट्टीतेलको कुप्पी बालेर रात बिताउने गरेको देवकुमारले बताए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...