News Portal

मकवानपुरमा ट्राफिक कारबाहीबाट एक वर्षमै दुई करोडभन्दा बढी राजस्व संकलन

२१५ पटक

मकवानपुर, साउन १५ – मकवानपुर जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्दा एक आर्थिक वर्षमा राज्यको ढुकुटीमा दुई करोडभन्दा बढी राजस्व प्रवेश गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३० हजार ३४ वटा सवारीसाधनमाथि कारबाही गर्दै कार्यालयले रु. २ करोड ४१ लाख ४५ हजार ५४ राजस्व संकलन गरेको हो।

यसअघि, आर्थिक वर्ष २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरी झण्डै रु. ३ करोड ६९ लाख ६७ हजार उठाइएको थियो। अघिल्लो वर्षको तुलनामा कारबाहीको संख्या घटेको भए पनि राजस्व संकलन भने उल्लेखनीय मात्रामा भएको देखिन्छ।

उक्त कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मकवानपुर जिल्लामा भएका ४०७ वटा सवारी दुर्घटनामा ५० जनाको ज्यान गएको छ भने ९६५ जना घाइते भएका छन्।

यस्ता दुर्घटनाको दर र ट्राफिक नियम उल्लङ्घनको अवस्था हेर्दा सवारी सुरक्षामा अझ गहिरो ध्यान पुर्‍याउनुपर्ने आवश्यकता देखिन्छ। ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा जनचेतनामूलक कार्यक्रम, प्रविधि प्रयोग र निगरानी प्रणालीलाई थप सशक्त बनाउने योजना अघि सारेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...