News Portal

  • ८ लाख रुपैयाँ भत्ता निकालेपछि बेपत्ता परिवार: गाउँले अचम्ममा, प्रहरी अनुसन्धानमा

    ३०९ पटक

    काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिप्पर कटेरीबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय ढंगले बेपत्ता भएका छन्। हराएका परिवार उर्मिला माझीको हुन्, जसका घरबाट तीन दिनदेखि कुनै गतिविधि देखिएको छैन। घटनाबारे सोमबार जानकारी पाएका वडाध्यक्ष रविन श्रेष्ठ प्रहरीसहित घटनास्थलमा पुगेका थिए।

    वडाध्यक्ष श्रेष्ठका अनुसार, उर्मिला माझीको परिवारले चार दिनअघि मात्रै एकैपटक १८ जनाको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बुझेको थियो। प्रतिव्यक्ति वार्षिक ४८ हजारका दरले झण्डै ८ लाख रुपैयाँ जति रकम लिएको अनुमान गरिएको छ।

    तर भत्तापछि उनीहरू कहाँ गएका हुन् भन्ने अझै स्पष्ट छैन। “कतै उनीहरूले केही योजना बनाएर हिँडेका हुन् कि, अथवा कुनै विपत्तिको सिकार भएका हुन्— अहिले नै ठोकुवा गर्न सकिने अवस्था छैन,” वडाध्यक्ष श्रेष्ठले नेपाल प्रेससँग बताए।

    उनले भने, “घरभन्दा पारीको गोठमा बाँधिएको पाडोलाई तीन दिनदेखि घाँस पानी दिइएको थिएन। छिमेकी दाजुले शंका लागेर हेर्दा घर सुनसान भेटिएको हो। गाइबस्तु, कुखुरा कराइरहेका थिए, बाख्रा पनि भोकले छटपटाइरहेका थिए।”

    वडाध्यक्षले बताएअनुसार हराएको परिवारले भत्ता बुझेको दिन नै घरमै पालेको सुँगुर काटेका थिए। त्यो सुँगुरको मासु करिब २ धार्नी बराबर अँगेनाकै छेउमा अझै फालिएको अवस्थामा भेटिएको छ। साथै तीन दिनअघि मात्र परिवारले एक बोको पनि बिक्री गरेको थाहा भएको छ।

    घरमा थोरै आगो लागेको पनि देखिएको छ, जसले घटनालाई झनै रहस्यमय बनाएको छ। उर्मिलाको श्रीमान् गत वर्ष बितेका थिए भने जेठो छोरा हालै मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए।

    वडाध्यक्ष श्रेष्ठले भने, “यो गाउँको घर मुख्य बाटोबाट टाढा भएकोले कोही कसैले चाँडै थाहा पाएन। अहिलेको अवस्थाबाट यो परिवार तीन दिनअघिदेखि नै हराएको हुन सक्छ।”

    यस प्रकरणमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। परिवार सम्पर्कविहीन हुनु र घरको अवस्था रहस्यमय हुनुले गाउँमा त्रास फैलिएको छ। यतिबेला १६ जना सदस्यहरू—उर्मिला माझी, उनका छोरा, बुहारी, छोरी, नातिनातिना लगायत सबैको खोजी तीव्र गतिमा भइरहेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा...

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...

    स्पष्ट आधारबिना कम्युनिस्ट एकता सम्भव छैन : अध्यक्ष माधव नेपाल

    काठमाडौं, कात्तिक १२ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए...

    निर्वाचन रोक्ने आदेशले देश ठप्प हुने चेतावनी : न्यायाधीश रेग्मी

    काठमाडौं, कार्तिक १२ – प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पनि...