News Portal

दाजुको हत्या गरी फरार भएका युवक भारततर्फ भाग्दै गर्दा सीमाबाट पक्राउ

२०५ पटक

सिराहा, साउन १२ – सिराहाको गोलबजारमा सामान्य पारिवारिक विवादले उग्र रूप लिँदा सहोदर दाजुको हत्या गरी फरार भएका युवक सीमावर्ती क्षेत्रबाट पक्राउ परेका छन्। घटनामा संलग्न २५ वर्षीय श्यामकुमार सदा भारततर्फ भाग्ने क्रममा पक्राउ परेका हुन्।

गोलबजार नगरपालिका–१०, मुसहर्नियाका श्यामकुमारले मदिरा सेवनपछि आफ्नी श्रीमती कौशिला सदामाथि हातपात गरेका थिए। त्यही बेला स्थिति नियन्त्रणमा लिन आएका उनका दाजु ३५ वर्षीय मोतीराम सदामाथि उनले धारिलो हतियार प्रयोग गरेका थिए। छातीमा गहिरो चोट लागेपछि गम्भीर घाइते भएका मोतीरामलाई तत्काल लहानस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो।

हत्या पश्चात फरार रहेका श्यामकुमारलाई सिराहाको औरही गाउँपालिका–३, जमुवा नहर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ती युवक भारत–नेपाल सीमाबाट करिब तीन किलोमिटरभित्र जमुवा नहरको बाटो हुँदै भाग्ने क्रममा थिए।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बीरेन्द्रकुमार पासवानका अनुसार श्यामकुमारलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय गोलबजारमा राखी अनुसन्धान थालिएको छ। प्रारम्भिक बयानमा उनले अपराध स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ।

घटनामा प्रयोग गरिएको धारिलो हतियार पनि बरामद गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...