News Portal

दाजुको हत्या गरी फरार भएका युवक भारततर्फ भाग्दै गर्दा सीमाबाट पक्राउ

२८६ पटक

सिराहा, साउन १२ – सिराहाको गोलबजारमा सामान्य पारिवारिक विवादले उग्र रूप लिँदा सहोदर दाजुको हत्या गरी फरार भएका युवक सीमावर्ती क्षेत्रबाट पक्राउ परेका छन्। घटनामा संलग्न २५ वर्षीय श्यामकुमार सदा भारततर्फ भाग्ने क्रममा पक्राउ परेका हुन्।

गोलबजार नगरपालिका–१०, मुसहर्नियाका श्यामकुमारले मदिरा सेवनपछि आफ्नी श्रीमती कौशिला सदामाथि हातपात गरेका थिए। त्यही बेला स्थिति नियन्त्रणमा लिन आएका उनका दाजु ३५ वर्षीय मोतीराम सदामाथि उनले धारिलो हतियार प्रयोग गरेका थिए। छातीमा गहिरो चोट लागेपछि गम्भीर घाइते भएका मोतीरामलाई तत्काल लहानस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो।

हत्या पश्चात फरार रहेका श्यामकुमारलाई सिराहाको औरही गाउँपालिका–३, जमुवा नहर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ती युवक भारत–नेपाल सीमाबाट करिब तीन किलोमिटरभित्र जमुवा नहरको बाटो हुँदै भाग्ने क्रममा थिए।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बीरेन्द्रकुमार पासवानका अनुसार श्यामकुमारलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय गोलबजारमा राखी अनुसन्धान थालिएको छ। प्रारम्भिक बयानमा उनले अपराध स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ।

घटनामा प्रयोग गरिएको धारिलो हतियार पनि बरामद गरिएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...