News Portal

सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगमा बेपत्ता, घरमा आगलागी र जनावर अलपत्र

२६६ पटक

सिन्धुली, साउन १२ – सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय ढंगमा बेपत्ता भएका छन्।

स्थानीय वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका सबै सदस्य आइतबार रातिदेखि सम्पर्कविहीन छन्। उनीहरू सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका थिए, त्यसपछि परिवारका सदस्यहरू कतै देखिएको छैन।

बेपत्ता भएको परिवारको घरमा आंशिक रूपमा आगलागी भएको र जनावरहरू बाँधिएको अवस्थामा अलपत्र भेटिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। “घरको छानो छियाछिया भएको छैन, तर भित्र आगोको असर देखिन्छ। मान्छेहरू नभएपछि जनावरहरू छाडा छन्,” उनले भने।

उक्त परिवार सीमान्तकृत चेपाङ समुदायको भएको बताइएको छ। हाल खोजी कार्यलाई स्थानीय वडाअध्यक्ष, प्रहरी र गाउँका युवा मिलेर तीव्र बनाइएको छ।

घटनाले गाउँमा गहिरो चासो र त्रास फैलिएको छ। परिवारको कुनै सुराकी अझै भेटिएको छैन। स्थानीय बासिन्दाहरू दिनभर जंगलतिर र आसपासका बस्तीहरूमा खोजतलासमा जुटेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...