News Portal

“लोडसेडिङ होइन, प्रणालीको चापले लाइन गयो” — प्राधिकरण प्रमुख शाक्यको प्रष्टोक्ति

३०४ पटक

काठमाडौं, साउन १२ – पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको विद्युत अवरुद्धको विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रष्ट पारेका छन् — “नेपालमा कतै पनि लोडसेडिङ छैन, समस्या पुरानो संरचना र बढ्दो लोडका कारण आएको हो।”

सोमबार चितवनको भरतपुर पुगेका शाक्यले पत्रकारहरूसँग कुराकानी गर्दै विद्युत सेवा अवरुद्ध हुनुको कारण प्राविधिक कमजोरी, मौसमीय असर र वितरण प्रणालीको जिर्ण अवस्थालाई जिम्मेवार ठहर गरे।

‘लोडसेडिङको नाममा झूटो प्रचार’

शाक्यका अनुसार कहिलेकाँही देखिने विद्युत अवरोधलाई लोडसेडिङ भन्दै बदनामी गर्न खोजिएको छ। “प्रविधिक समस्या त विश्वभर हुन्छ, नेपाल पनि त्यही सन्दर्भमा पर्छ,” उनले भने, “हामी लोडसेडिङको युग पार गरिसकेका छौं, अहिले देखिएको समस्या पुराना उपकरण र अत्यधिक विद्युत मागको कारण हो।”

उनले चितवन क्षेत्रमा बढ्दो गर्मी, वर्षाको कमि र किसानहरूले खेत सिँचाइका लागि एकैपटक बोरिङ चलाउनु प्रमुख कारण रहेको बताए। “हामीले साँझ ५ बजेदेखि ९ बजेसम्म बोरिङ नचलाउन आग्रह गरेका थियौं, तर पालना भएन,” उनले स्पष्ट पारे।

‘जनदबाबकै कारण सूचना निकालियो’

लोडसेडिङको तालिका निकालिएको भन्ने प्रश्नमा उनले भने, “कतिपय ठाउँमा सवस्टेशनमा घेराउ गरेर दबाब दिइयो। त्यसकै असरस्वरूप केही सूचनाहरू सार्वजनिक भए।”

‘समस्या अस्थायी हो, समाधान नजिकै छ’

शाक्यले भरतपुरको वितरण प्रणाली समयमै सुधार नहुँदा समस्या चुलिएको स्वीकार गरे। “हामी ढिला भयौं, यो मान्नैपर्छ। तर अब सुधारको काम तीव्र गतिमा भइरहेको छ,” उनले भने, “मंगलबार बेलुकासम्म चितवनमा विद्युत आपूर्तिको समस्या टुङ्गिनेछ।”

आजै चनौली वितरण केन्द्रको निरीक्षणपछि शाक्य पूर्वी चितवनको हर्दीमा जडान गरिएको २४ एमभीएको ट्रान्सफर्मरको अवस्थाबारे जानकारी लिन जाने कार्यक्रम तय भएको छ। हर्दीका इञ्चार्ज रोशन खनियाँका अनुसार उक्त ट्रान्सफर्मर गएराति नै सफलतापूर्वक चार्ज भइसकेको छ र भोलिसम्म वितरण सुरु हुने छ।

‘नयाँ सञ्जाल विस्तार हुँदै’

हर्दीबाट भण्डारा, चैनपुर (पर्सा) र टाँडी सवस्टेशनसम्म नयाँ लाइनमार्फत विद्युत आपूर्ति गरिने तयारी छ। यसपछि भरतपुरबाट आउने विद्युत कटौती गरिने छ।

त्यस्तै, भरतपुर महानगरपालिका–१३ को देवनगर सवस्टेशनमार्फत टाँडी हुँदै जगतपुर र माडी क्षेत्रमा लाइन विस्तार गरिनेछ।

प्राधिकरणले पूर्ण विश्वासका साथ भनेको छ — “अब चितवनको विद्युत आपूर्ति दीर्घकालीन रूपमा सन्तुलनमा आउनेछ, अहिले देखिएको अवरोध अस्थायी हो।”

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...