News Portal

जनकपुरमा २३ वर्षीया महिला मृत अवस्थामा फेला, माइती पक्षले दाइजोका कारण हत्या भएको आरोप

३४५ पटक

जनकपुरधाम, साउन १२ – जनकपुरधाम उपमहानगरपालिका–४ मा आइतबार राति एक महिला रहस्यमय अवस्थामा मृत फेला परेकी छिन्। मृतक २३ वर्षीया शोभा मण्डल आफ्नै घरको कोठाभित्र ओछ्यानमा मृत अवस्थामा फेला परेकी हुन्। प्रारम्भिक विवरणअनुसार घटना राति करिब साढे १२ बजेतिर भएको हो।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार शोभाको झुण्डिएको अवस्थाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। परिवारले उनलाई झुण्डिएको अवस्थामा देखेपछि पासो काटेर ओछ्यानमा राखेको बताएका छन्। घटनास्थलमा भेटिएको दृश्य र परिवारको भनाइको आधारमा प्रहरी अनुसन्धान अघि बढाइएको छ।

यता, मृतकका माइतीजनले भने घटनालाई आत्महत्या नभई योजनाबद्ध हत्या भएको ठोकुवा गरेका छन्। उनीहरूले शोभामाथि दाइजोको कारण पटक–पटक मानसिक र शारीरिक यातना दिइएको र अन्ततः त्यसकै कारण उनको ज्यान लिइएको दाबी गरेका छन्।

शोभाको विवाह पाँच वर्षअघि चन्दन मण्डलसँग भएको थियो। उनीहरूको एक छोरीसमेत छन्। शोभाको माइती महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ मा रहेको छ।

घटनापछि शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। रिपोर्ट नआएसम्म ठोस निष्कर्ष निकाल्न नसकिने प्रहरीको भनाइ छ। तर, माइती पक्षले दोषीलाई कारबाहीको माग गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रहरीले घटनाबारे गहिरो अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...