News Portal

माछापोखरीमा महिलाको सुनको सिक्री लुटपाट गर्ने दुई जना समातिए, घटनास्थलबाटै पक्राउ

२३४ पटक

काठमाडौं, साउन ११ – शनिबार साँझ राजधानीको व्यस्त क्षेत्र माछापोखरीमा एक महिलाको गलाबाट सुनको सिक्री लुटपाट गरेको आरोपमा संलग्न दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८, जरङ्खुका २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन्। उनीहरूलाई शनिबार राति १२:३२ बजे घटनास्थल माछापोखरीबाटै नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार साँझ करिब ६:३० बजे ती दुई जनाले महिलाको गलाबाट २ तोला २५ लाल सुनको सिक्री लुटेका थिए। बजार मूल्य अनुसार उक्त सिक्रीको अनुमानित मूल्य ४ लाख ३८ हजार रुपैयाँ बराबर पर्छ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले खोजी कार्यलाई तीव्रता दिँदै केही घण्टामै उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट लुटिएको सिक्रीसहित दुई थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

लुटपाटमा संलग्न रहेका यस्ता समूहहरूलाई नियन्त्रणमा लिन प्रहरीले निगरानी कडा बनाएको जानकारी दिँदै एसपी बोहराले घटनाको थप अनुसन्धान अगाडि बढाइएको बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...