News Portal

चितवनमा विद्युत अवरुद्ध हुने सूचना लोडसेडिङसँग सम्बन्धित होइनः ऊर्जामन्त्री खड्का

१९३ पटक

चितवन, साउन ११ – चितवनमा लोडसेडिङ सुरु भएको भन्ने हल्लालाई ऊर्जामन्त्री दीपक खड्काले प्रस्ट रूपमा अस्वीकार गरेका छन्। हालै सार्वजनिक भएको विद्युत आपूर्ति अवरुद्ध सम्बन्धी सूचनामा प्रयोग गरिएका शब्दहरूले जनमानसमा भ्रम फैलिएको भन्दै मन्त्री खड्काले त्यो सूचना लोडसेडिङसम्बन्धी नभएको दाबी गरेका हुन्।

काठमाडौंमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्काले भने, “सूचनाको लेखाइमा त्रुटि भएको हो। यो लोडसेडिङ होइन। चितवनमा केही दिन बेलुका लाइन मिलाउने काम भइरहेका कारण पानी तान्ने पम्पहरू नचलाइदिन मात्र भनिएको हो।”

उनका अनुसार, पम्पहरूले लोड बढाउने भएकाले बेलुका समयको लाइन व्यवस्थापन सहज बनाउन यस्तो आग्रह गरिएको हो। “सामान्य प्राविधिक कामका लागि गरिएको यो अस्थायी व्यवस्थालाई लोडसेडिङ भन्नु नै गलत हो,” मन्त्रीको भनाइ थियो।

गएको दिन चितवनका केही स्थानमा दैनिक ३–३ घन्टा विद्युत अवरुद्ध हुने सूचना सार्वजनिक भएपछि सर्वसाधारणमा लोडसेडिङ फर्किने हो कि भन्ने आशंका फैलिएको थियो। तर मन्त्रालयले त्यसबारे स्पष्ट पार्दै लोडसेडिङको कुनै योजना नरहेको जनाएको छ।

ऊर्जामन्त्री खड्काले जनतालाई भ्रममा नपर्न र सूचनालाई सत्य सन्दर्भमा बुझ्न आग्रह गरेका छन्। उनका अनुसार, हाल राष्ट्रिय प्रसारण प्रणाली सामान्य छ र विद्युत आपूर्ति नियमित रूपमा भइरहेकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...