News Portal

सार्वजनिक स्थानमा धूम्रपान गरे अब जरिवाना : काठमाडौं महानगरको कडाइ

२९५ पटक

काठमाडौं, साउन ९ – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेहरूमाथि अब कडा निगरानीसाथ जरिवाना गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालै पारित गरिएको आर्थिक ऐनअनुसार, सार्वजनिक स्थलमा धूम्रपान गरेमा प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना गरिने व्यवस्था लागू गरिएको छ ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक स्थानमा धूम्रपानबारे नागरिकबाट बारम्बार गुनासाहरू आउने गरेका कारण यो निर्णय लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार, निजी सम्पत्तिबाहेक अन्य सबै सार्वजनिक स्थलहरूमा धूम्रपान निषेध गरिएको छ । नियम तोड्नेलाई बिना चेतावनी कारबाही हुने स्पष्ट सन्देश नगरपालिकाले दिएको छ ।

यत्रतत्र पार्किङ गर्नेलाई समेत जरिवाना

सार्वजनिक स्थलहरूमा तोकिएको स्थानबाहेक सवारी साधन पार्किङ गरेमा पनि अब जरिवाना तिर्नुपर्नेछ । मोटरसाइकल तथा स्कुटरलाई एक हजार, कार तथा डेलिभरी भ्यानलाई २५ सय, मिनीबस तथा मिनीट्रकलाई ३५ सय र ठूला बस तथा ट्रकलाई ५ हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था ऐनमा उल्लेख गरिएको छ ।

विज्ञापन, पोस्टर, स्टिकर र पर्चाको अनियमित प्रयोगले पनि अब भारी जरिवाना बेहोर्नुपर्ने

महानगरले सार्वजनिक स्थानहरूमा अवैध रूपमा विज्ञापन, पर्चा, पोस्टर, स्टिकर टाँस्ने तथा फोहोर फैलाउने कार्यलाई पनि नियन्त्रणमा ल्याउने स्पष्ट संकेत दिएको छ । प्रचलित कानुनले निषेध गरेका विज्ञापन गरे १० हजार रुपैयाँ जरिवाना लाग्नेछ भने, विना अनुमति सार्वजनिक स्थलमा होर्डिङ बोर्ड राखेमा १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिनेछ ।

त्यस्तै, सार्वजनिक स्थलमा प्रचार सामग्री बाँड्ने, पर्खाल वा खम्बामा लेख्ने तथा पेन्टिङ गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । स्वीकृतिबिना बेलुन, गेट, स्वागत द्वार आदिका माध्यमबाट विज्ञापन गरेमा पनि सोही दरले जरिवाना गरिनेछ ।

रुखबिरुवालाई क्षति पुर्‍याए पनि कारबाही

सार्वजनिक स्थल वा संरक्षित क्षेत्रभित्र रहेका रुखबिरुवालाई क्षति पुर्‍याएमा पाँच सयदेखि पचास हजार रुपैयाँसम्मको जरिवाना तोकिएको छ । नगरपालिकाले प्राकृतिक सम्पदाको रक्षा र सार्वजनिक अनुशासन कायम राख्न यस्ता कडाइ लागू गर्नुपर्ने बाध्यता आएको स्पष्ट पारेको छ ।

महानगरको यो नयाँ निर्णयसँगै सार्वजनिक स्थानको स्वच्छता र नागरिक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...