News Portal

  • एनआरएनए कतारको एकता अधिवेशन २५ जुलाईमा हुँदै

    २९५ पटक

    दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको एकता अधिवेशन तोकिएकै मिति २५ जुलाई शुक्रबार दोहास्थित क्राउन प्लाजा होटलमा दिनको १ बजे उद्घाटन हुने अध्यक्ष रमेश भट्टले हिमालीसंचारलाई जानकारी दिएका छन्।

    एनसीसीको आफ्नै वेबसाईटमा आवेदन परेका ५ हजार ४ सय ९३, ४ हजार २ सय ४६ आवेदन  प्रमाणित भएको, १ हजार ५५ आबेदनहरु प्रमाणित हुन बाँकी र १ सय ९२ ड्राफ्टमा रहेको साथै एचएलसी मार्फत बनेका झण्डै ३ हजार ८ सय पञ्जिकृत सदस्यहरु गरि जम्मा ९ हजार २ सय ९३ जना सदस्यको दस्तावेज निर्वाचन समितिको संयोजक नरेन्द्र भाटलाई हस्तान्तरण गरेको हो।

    कतारमा रहेका रमेश भट्ट नेतृत्व र तत्कालीन समयमा नेतृत्व गरेका आइसिसि अध्यक्ष विनोद कुँवर नेतृत्वको दुई एनसिसिबीच एकताको अधिवेशन हुन लागेको एकता समितीले जनाएको छ।

    दुवै पक्षले केही समय अघि प्रतिबद्धता पत्र सहितको एकता सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। तर, सर्वोच्च अदालतको परमादेशको अवहेलना गर्दै उच्चस्तरीय समितीको निर्वाचनबाट निर्वाचित महेश श्रेष्ठको कार्यसमितिलाई परराष्ट्रले मान्यता दिँदादिँदै पनि सबै कानुनी मान्यतालाई कुल्चिएर आफैं सर्वेसर्वा हुन् खोजेका बद्री केसीले कतारको सिङ्गो नेपाली संघलाई  गुटबन्दी गरेर एक समुहलाई गैरसंवैधानिक बाटोबाट हिंडाएका छन्।

    कतारको नेपाली समाजले बद्री पक्षलाई एक हुन आग्रह गर्दागर्दै समाजको आग्रहलाई अस्विकार गरि संस्थालाई राजनीतिकरणको बाटो हिंडाउन खोजेको आरोप उनिहरु माथी लागेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...