
आज साउन ६, २०८२ (जुलाई २२, २०२५) को राशिफल यस प्रकार रहेको छ:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साउन ६ गतेको दिन मेष राशि भएका व्यक्तिहरूका लागि उर्जा र हौसला विशेष रूपमा सक्रिय देखिन्छ। तपाईँको आत्मबल बढेको महसुस हुनेछ र नेतृत्वदायी भूमिकामा अघि बढ्ने अवसर प्राप्त हुनसक्छ। पुराना प्रयासहरूले आज कुनै उपलब्धिमा परिणत हुन सक्छन्। प्रेम जीवनमा स्पष्टता र इमानदारीको खाँचो देखिन्छ। विगतका केही विषय पुनः सतहमा आउनसक्छन् जसले सम्बन्धमा केही असहजता ल्याउन सक्छ, तर संवादमा अपनत्वको भाव राख्न सकेमा सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिनेछ। वैवाहिक सम्बन्धमा जीवनसाथीसँग मिलेर निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आर्थिक दृष्टिले सामान्य लाभदायक दिन भए पनि आकस्मिक खर्चले मानसिक असहजता ल्याउन सक्छ। लगानीका निर्णयलाई अझ धेरै सोचविचार गरेर मात्र अघि बढाउनु उपयुक्त हुनेछ। जागिरेहरूको लागि भने कार्यालयमा जिम्मेवारी बढ्न सक्छ, जसलाई पूरा गर्दा प्रशंसा प्राप्त हुने संकेत छन्। व्यवसायमा नयाँ सम्झौता वा सहकार्यको सम्भावना पनि देखा पर्न सक्छ। पारिवारिक सम्बन्धमा सानो कुरामा चित्त नबुझ्ने अवस्था देखिए पनि वाणीमा संयम राख्न सक्नु भयो भने अवस्था सहज बन्न सक्छ। परिवारको कुनै सदस्यसँग भावनात्मक कुरा हुने सम्भावना छ, जसले सम्बन्धलाई नयाँ मोड दिन सक्छ। मानसिक रूपमा सोचको गहिराइ बढ्नेछ, तर सँगै चिन्ता पनि थपिन सक्छ। त्यसैले आजको दिन ध्यान, साधना वा मनलाई केन्द्रित गर्ने अभ्यास लाभदायक हुनेछ। विदेश यात्रा वा अध्ययनको योजना बनाउँदै हुनुहुन्छ भने, कागजात र प्रक्रिया सही दिशामा बढ्दै गएको अनुभूति हुनेछ। स्वास्थ्यका हिसाबले तल्लो भागका अंगहरू (पेट, आन्द्रा आदि) सवधानीपूर्वक ध्यान दिनु पर्नेछ। कुनै प्रकारको अनियमित खानपानले स्वास्थ्यमा असर गर्न सक्छ। सन्तुलित भोजन र पर्याप्त आराम अत्यन्त आवश्यक हुनेछ। (शुभ रङ: खैरो, शुभ अंक: २)
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन वृष राशि भएका व्यक्तिहरूका लागि मिश्रित फल दिने देखिन्छ। एकातर्फ मानसिक चञ्चलता र तनावले दिनको प्रारम्भमा प्रभाव पार्न सक्छ भने, अर्कोतर्फ दिनको उत्तरार्धतिर परिस्थिति सकारात्मक बन्दै जानेछ। प्रेम जीवनमा असमझदारी वा अनुमानका भरमा गरिएका कुराले ठूलो गलतफहमी ल्याउन सक्छ। त्यसैले आफ्नो भावना स्पष्ट ढंगले अभिव्यक्त गर्नु बुद्धिमानी हुनेछ। लामो समयदेखि टाढिएका जोडीबीच सम्पर्कको पुनः प्रयास हुनसक्छ। वैवाहिक जीवनमा चाहिँ घरायसी विषयमा सामान्य असमझदारी देखिन सक्छ, तर सँगै बसेर समाधान खोज्दा झगडाबाट जोगिन सकिनेछ। आर्थिक पक्षमा आज धेरै खर्चिलो दिन हुनसक्छ। विशेष गरी परिवार र घरपरिवार सम्बन्धी खर्चहरूमा ध्यान दिनु आवश्यक छ। लगानीको सोच बनाउँदै हुनुहुन्छ भने आज कुनै नयाँ योजना प्रारम्भ गर्नु उपयुक्त हुँदैन। पहिलेका योजना पुनरावलोकन गर्ने दिन हुनेछ। रोजगारीका क्षेत्रमा प्रतिस्पर्धा बढेको महसुस हुनेछ, तर अनुभवलाई प्रभावशाली ढंगले प्रस्तुत गर्न सक्नेहरूले मात्र अवसर पाउने सम्भावना छ। पारिवारिक सम्बन्ध केही असजिलो देखिन सक्छ। तपाईँको निर्णयप्रतिको परिवारको समर्थन कमजोर हुन सक्छ, जसले भावनात्मक दूरी ल्याउन सक्छ। यस्तोमा सबैको दृष्टिकोण बुझेर अघि बढ्नु उचित हुनेछ। मानसिक रूपमा अलमल र चिन्ताले प्रभाव पार्न सक्छ। खासगरी भविष्यप्रतिको अन्योल, सम्बन्धप्रतिको असमझदारी र आर्थिक भारका कारण तनाव अनुभव हुनसक्छ। यस्तो अवस्थामा म्यूजिक, साहित्य वा प्राकृतिक दृश्यसँग सम्बन्धित गतिविधिले मनलाई सहज बनाउन मद्दत पुर्याउनेछ। वैदेशिक सम्भावना रहेका व्यक्तिहरूका लागि आज नयाँ प्रक्रिया सुरू गर्न उपयुक्त नदेखिए पनि, पहिलेका प्रयासको फोलोअप गर्न भने राम्रो समय हुनेछ। शिक्षा क्षेत्रमा रहेका विद्यार्थीहरूको लागि आज ध्यान केन्द्रित गर्न कठिनाई हुनसक्छ, त्यसैले पढाइमा एकाग्रता बढाउन विशेष उपाय अवलम्बन गर्नुपर्ला। स्वास्थ्यको दृष्टिले पेट सम्बन्धी समस्या, अपच, ग्यास, वा एसिडिटीले सताउन सक्छ। त्यसैले भोकभन्दा बढी नखाने र ताजा तथा हलुका खाना खाने बानी आजको दिनका लागि लाभदायक हुनेछ। (शुभ रङ: गुलाबी, शुभ अंक: ९)
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज मिथुन राशिका लागि मिश्रित संकेतहरू देखापर्छन्। दिनको प्रारम्भमा केही मानसिक असन्तुलन, अनिश्चितता र योजना बिग्रने सम्भावना देखिए पनि, दिउँसोतिर स्थिरता र स्पष्टता बढ्दै जानेछ। तपाईंले लिएको दायित्व र जिम्मेवारीबारे गम्भीर भएर सोच्ने अवस्था आउनेछ। प्रेम जीवनमा अप्रत्याशित परिवर्तन देखिन सक्छ। प्रेममा गहिरो छलफल आवश्यक देखिन्छ, किनकि विश्वासको तहमा केही कमीकमजोरी छ भने आज त्यो उजागर हुनसक्छ। दाम्पत्य सम्बन्धमा तेस्रो पक्षको हस्तक्षेप वा अरूको भनाइका कारण अविश्वास बढ्न सक्छ, त्यसैले स्पष्ट संवाद आजको दिनको प्रमुख उपाय हुनेछ। पेसागत जीवनमा कामको चाप बढ्नसक्छ। सहकर्मी वा माथिल्लो पदमा रहेका व्यक्तिहरूसँग समन्वय गर्नुपर्नेछ। आत्मविश्वास कायम राख्न सकेमा छोटो समयमै उपलब्धि हासिल गर्न सकिनेछ। व्यवसायीहरूका लागि दिन उत्तम छैन, खासगरी साझेदारीमा चलाइएको काममा मनोमालिन्य आउन सक्छ। पारिवारिक सम्बन्ध सामान्य देखिए पनि बुढा–बुढी वा घरका जेष्ठ सदस्यहरूको स्वास्थ्यमा चासो दिनुपर्ने देखिन्छ। तपाईंको ध्यान आवश्यक पर्नेछ, र घरभित्र केही भावनात्मक संवेदनशीलता उत्पन्न हुनसक्छ। मानसिक रूपमा आत्मनिरीक्षण गर्ने अवस्था छ। अतीतका केही घटनाहरूले आज फेरि सताउन सक्छन्, जसले तपाईंलाई आत्मविश्वासमा असर गर्न सक्छ। ध्यान वा मन एकाग्र गर्ने कुनै शान्त वातावरण खोज्न सकेमा मनको बोझ हलुका हुने सम्भावना छ। वैदेशिक सम्भावनाको हिसाबले आजको दिन केही दस्तावेज, अप्वाइन्टमेन्ट वा सम्पर्कहरूका लागि चलायमान बन्ने देखिन्छ। पढाइमा संलग्न विद्यार्थीहरूले नयाँ विषयहरूमा चासो बढाउने छन्, तर ध्यान छिट्टै अन्यत्र डाइवर्ट हुने सम्भावना पनि उच्च छ। स्वास्थ्यका हिसाबले घाँटी, कन्ठमाला, छाती वा पाचनतन्त्रमा गडबडी आउनसक्छ। शीतपेय वा अत्यधिक तारेक र मसलेदार परिकारबाट टाढा रहनु हितकर हुनेछ। (शुभ रङ: सुनौलो, शुभ अंक: १)
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन कर्कट राशि भएकाहरूका लागि भावनात्मक र सामाजिक दृष्टिले विशेष महत्त्वपूर्ण बन्नेछ। तपाईंको आत्मीयता र समर्पण भावले अरूलाई प्रभावित गर्नेछ। तर, कहिलेकाहीँ अत्यधिक भावुकताले पनि तपाईंलाई निर्णय क्षमतामा असर गर्न सक्छ। प्रेम जीवनमा आत्मीयता बढ्ने सम्भावना छ। यदि पहिले केही असमझदारी थियो भने, आज पुनः मेलमिलाप र भावना व्यक्त गर्ने अनुकूल समय हो। विवाहयोग्य व्यक्तिहरूका लागि प्रस्ताव आउने संकेत पनि देखिन्छ। दाम्पत्य जीवनमा सामूहिक निर्णय र सल्लाहका आधारमा अगाडि बढ्नु राम्रो हुनेछ। आर्थिक हिसाबले आजको दिन लाभदायक देखिन्छ। विशेषतः तपाईंले अघिल्लो समयमा गरेको प्रयासको फल पाउने सम्भावना छ। घरमा नयाँ सामान किन्ने सम्भावना पनि रहन्छ। जागिरेहरूका लागि जिम्मेवारीको विस्तार हुने समय हो। व्यापार व्यवसायमा नयाँ ग्राहकसँग सम्झौता वा आम्दानीका मार्ग खुल्न सक्छन्। पारिवारिक जीवनमा सामञ्जस्यता देखिन्छ। घरभित्र कुनै सानो कार्यक्रम वा भेटघाटको सम्भावना छ, जसले पारिवारिक आत्मीयता बलियो बनाउनेछ। तपाईंको व्यवहारले आज नजिकका आफन्तहरूको मन जित्न सकिनेछ। मानसिक दृष्टिले भावनात्मक उतारचढाव आइरहनेछ, खासगरी दिउँसोतिर हल्का निराशा वा नकारात्मक विचार आउन सक्छ। त्यसैले आफूलाई व्यस्त राख्नु वा रचनात्मक कार्यमा संलग्न रहनु उपयुक्त हुनेछ। विदेश जाने चाहना भएको छ भने आज कुनै सम्पर्क वा सल्लाह प्राप्त हुनसक्छ। पढाइमा चाहिँ आज मन केन्द्रित हुनेछ, विशेष गरी सामाजिक विषय वा साहित्यतर्फ चासो बढ्नेछ। स्वास्थ्यमा कफ, ज्वरो, वा छातीसम्बन्धी समस्याले सताउन सक्छ। झन् यदि मौसमको परिवर्तनलाई ख्याल नगर्नुभयो भने थप असर हुनसक्छ। (शुभ रङ: बैजनी, शुभ अंक: ५)
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका लागि आजको दिन नेतृत्वदायी शक्ति उजागर हुने समय हो। आफ्ना विचारलाई अरूलाई प्रभाव पार्ने ढंगले प्रस्तुत गर्न सक्ने क्षमता देखिन्छ। तर सँगै अहंकार वा आत्मकेन्द्रितताले समस्या निम्त्याउन सक्छ, त्यसैले सावधानी जरुरी हुनेछ। प्रेम जीवनमा केही असमझदारी देखिन सक्छ, विशेष गरी तपाईंले ध्यान नदिएको महसुस प्रेमी/प्रेमिकालाई हुनसक्छ। सम्बन्धलाई सम्हाल्न आज अतिरिक्त प्रयास गर्नु पर्नेछ। विवाहित जीवनमा भने सन्तुलन देखिन्छ, दाम्पत्यमा समर्थन र समझदारी बढ्न सक्छ। पेशागत क्षेत्रमा तपाईंको कार्यशैलीको प्रशंसा हुने दिन हो। अफिसमा महत्वपूर्ण जिम्मेवारी पाउन सक्नुहुन्छ, जसले तपाईंलाई अगाडि बढ्न सहयोग पुर्याउनेछ। व्यवसायमा नयाँ अवसरको संकेत देखिन्छ, तर वित्तीय हिसाबले धेरै ठूलो निर्णय नगर्नु उपयुक्त हुनेछ। पारिवारिक क्षेत्रमा बुवाआमाको मार्गदर्शन पाउनु लाभदायक हुनेछ। पारिवारिक जमघट वा कुराकानीमा तपाईंको राय महत्वपूर्ण बन्नसक्छ। मानसिक रूपले आज आत्मविश्वास बलियो देखिए पनि कहिलेकाहीँ आत्मप्रशंसा वा आलोचना सहन नसक्ने प्रवृत्ति आउनसक्छ। यस्ता अवस्थालाई नियन्त्रित राख्न ध्यान दिनुपर्छ। वैदेशिक क्षेत्रका लागि प्रयास गरिरहनुभएको छ भने आज केही नयाँ सूचना वा ईमेल प्राप्त हुनसक्छ। विद्यार्थीहरूका लागि आत्मप्रेरणा बढ्नेछ र पढाइमा सुधार आउनेछ। स्वास्थ्यका दृष्टिले पाखुरा, खुट्टा वा रक्तचापसम्बन्धी समस्या देखिन सक्छ। तनाव र रिसको कारणले स्वास्थ्यमा असर नगरोस् भन्नका लागि मन संयमित राख्नु आवश्यक हुनेछ। (शुभ रङ: हरियो, शुभ अंक: ८)
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कन्या राशिका लागि योजनाबद्ध ढंगले अघि बढ्न सकिने दिन हो। बौद्धिक क्षमता र तार्किक विचारले तपाईंलाई छुट्टै पहिचान दिलाउनेछ। तर, सानातिना गल्ती वा ध्यान नपुगेका कारण समयको खेर जाने सम्भावना पनि देखिन्छ। प्रेम जीवनमा दूरी या असमझदारी थियो भने पुनः मेलमिलाप हुने सम्भावना छ। भावना प्रकट गर्न अनुकूल समय हो। विवाहित जोडीहरूबीच मिलेर कुनै महत्त्वपूर्ण निर्णय लिनुपर्ने स्थिति आउनसक्छ। आर्थिक पक्षमा केही नयाँ सुरुवातको संकेत देखिन्छ। यद्यपि, पैसा सम्बन्धी कुनै विवाद छ भने आज त्यसले तनाव ल्याउन सक्छ। कामको जिम्मेवारी बढ्न सक्छ र सहकर्मीको साथ आवश्यक पर्नसक्छ। व्यवसायमा सानो तर स्थायी लाभ हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा सन्तुलन देखिए पनि कुनै सदस्यको व्यवहारले तपाईंलाई असहज बनाउन सक्छ। वृद्ध सदस्यहरूको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्नेछ। मानसिक रूपमा आज विचारहरू बढी दौडने छन्। अतीत, भविष्य र वर्तमानलाई लिएर गहिरो सोच आइरहनेछ। आत्मनिरीक्षण गर्ने राम्रो समय हो, तर चिन्ता नगर्नुहोस्, किनभने परिस्थिति तपाईंको पक्षमा जान सक्छ। वैदेशिक प्रयोजनका लागि नयाँ रणनीति बनाउन सकिनेछ। विद्यार्थीहरूले विशेष अध्ययन वा अनुसन्धानको विषयमा प्रगति गर्ने देखिन्छ। स्वास्थ्यमा पेट, पाचन र मूत्र प्रणालीमा गडबडी हुनसक्छ। झोलिलो तथा ताजा भोजन गर्नुपर्छ। (शुभ रङ: गाढा निलो, शुभ अंक: ३)
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका लागि आजको दिन सन्तुलन र विवेक आवश्यक पर्ने दिन हो। बाह्य रूपमा सबै सामान्य देखिए पनि भित्री रूपमा द्विविधा र मानसिक द्वन्द्वको अनुभूति हुनसक्छ। विशेषतः व्यक्तिगत र सामाजिक जिम्मेवारीबीच तालमेल गर्न कठिनाई आउने देखिन्छ। प्रेम जीवनमा आजको दिन विशेष संवेदनशील बन्न सक्छ। सानो कुराले पनि ठूलो तर्कको रूप लिन सक्नेछ, त्यसैले भावनामा बहकिएर प्रतिक्रिया दिनुभन्दा संवादमार्फत समाधान खोज्नु श्रेयस्कर हुनेछ। विवाहितहरूका लागि चाहिँ जीवनसाथीसँगको सहकार्यमा सुधार आउने संकेत देखिन्छ। आर्थिक पक्षमा केही तानातान महसुस हुनसक्छ। खर्चको दबाब र आम्दानीको असन्तुलनले असहजता ल्याउन सक्छ। आयका नयाँ स्रोतहरूको खोजी गर्न उपयुक्त दिन हो, तर लगानीको सन्दर्भमा सतर्क रहनु आवश्यक हुनेछ। जागिरेहरूले उच्चपदस्थ व्यक्तिहरूसँग व्यवहार गर्दा सोचविचार गरेर बोल्नुपर्छ, सानो चुकले काममा असर पार्न सक्छ। पारिवारिक सम्बन्ध सामान्य देखिए पनि कुनै विशेष निर्णयमा अभिभावकहरूको समर्थन खोज्नुपर्दा स्पष्ट विचार राख्न आवश्यक हुनेछ। तपाईंको सुझावलाई सबैले सहजै स्विकार्ने वातावरण नहुन सक्छ। मानसिक रूपमा तनाव र दुविधाले पिरोल्न सक्छ। केही महत्वपूर्ण कुरा बोल्नुपरेको भए पनि उचित शब्द छान्न नसक्दा अन्यथा अर्थ लाग्न सक्छ। आजको दिन एकान्तको खोजी, आत्मनिरीक्षण वा ध्यान/साधना लाभदायक हुन सक्छ। वैदेशिक सम्भावना भएकाहरूका लागि आज केही कानुनी कागजातमा चासो दिनुपर्ने अवस्था आउन सक्छ। विद्यार्थीहरूको लागि आज प्रतिस्पर्धामा भाग लिने अवसर प्राप्त हुनसक्छ, तर तयारी राम्रो हुनुपर्छ। स्वास्थ्यमा छाला, मुटु वा रक्तचापसम्बन्धी समस्या देखिन सक्छ। अत्यधिक तनावले निद्रामा असर पुर्याउन सक्छ, त्यसैले नियमित व्यायाम वा योग आवश्यक हुनेछ। (शुभ रङ: सेतो, शुभ अंक: ६)
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन वृश्चिक राशिका लागि रहस्यपूर्ण र गहिरो सोचले भरिएको हुनेछ। तपाईंले सामान्यभन्दा बढी कुरा बुझ्ने र अनुभूति गर्ने क्षमता देखाउनुहुनेछ। तर यिनै गहिरा सोचहरूले कहिलेकाहीँ आत्मसंघर्ष र असहजता पनि ल्याउन सक्छ। प्रेम जीवनमा भावनात्मक रूपले गहिरो सम्बन्ध विकसित हुने दिन हो। यदि तपाईँको सम्बन्धमा लामो समयदेखि दूरी थियो भने, आज आत्मीय संवादको माध्यमबाट सम्बन्ध पुनः सुरु हुने सम्भावना बलियो छ। विवाहितहरूका लागि भने सासु–बुहारी वा परिवारभित्रको विषयले सन्तुलन बिग्रन सक्छ, तर मिलेर कुरा गरेमा अवस्था सहज हुन सक्छ। आर्थिक क्षेत्रमा आजको दिन योजना बनाउन उपयुक्त छ। तर, खर्च बढ्ने सम्भावनालाई बेवास्ता गर्नु हुदैन। ऋण वा पुरानो लेनदेनसम्बन्धी विषयमा आज केही उथलपुथल आउनसक्छ। व्यवसायिक क्षेत्रका लागि आजको दिन प्रतिस्पर्धी चुनौतीको हो, तर आत्मबल बलियो रहँदा लाभ उठाउन सकिनेछ। पारिवारिक सम्बन्धमा संवेदनशीलता आवश्यक छ। तपाईंको व्यवहार र बोलाइले नजिकका व्यक्तिहरूको भावना असर गर्न सक्छ, त्यसैले प्रेमपूर्वक बोल्नु जरुरी हुनेछ। मानसिक रूपमा गहिरो अन्तरद्वन्द्व चल्न सक्छ। अतीतसँग सम्बन्धित कुनै कुरा फेरि स्मृतिमा आउन सक्छ। त्यसलाई समाधानको ढोका मान्दै सकारात्मक ढंगले अगाडि बढ्नुपर्छ। विदेशमा बसोबास गर्ने वा प्रयासरत व्यक्तिहरूका लागि केही अड्चन आउनसक्छ, तर यो अस्थायी हुनेछ। विद्यार्थीहरूका लागि भने आजको दिन अनुसन्धान, लेखन र विश्लेषणमा सफलता मिल्ने दिन हो। स्वास्थ्यका दृष्टिले हड्डी, जोर्नी वा रगतसँग सम्बन्धित रोग देखा पर्न सक्छ। पर्याप्त आराम र पौष्टिक आहार आवश्यक हुनेछ। (शुभ रङ: सुन्तला, शुभ अंक: ७)
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका लागि आजको दिन उत्साह, जिज्ञासा र यात्रा–योजनाले भरिएको देखिन्छ। तपाईंको सक्रियता, स्पष्ट दृष्टिकोण र आत्मविश्वासले धेरैलाई आकर्षित गर्न सक्नेछ। तथापि, कतिपय अवस्थामा अधिक जोशले निर्णयमा असर पार्न सक्छ, त्यसैले संयमता जरुरी हुनेछ। प्रेम जीवनमा उत्साह बढ्नेछ। प्रेमी/प्रेमिकासँग यात्रा, घुमघाम वा भविष्यबारे गम्भीर छलफल हुनसक्छ। विवाहित दम्पतीहरूका लागि नयाँ योजनामा हात हाल्ने सोच आउनसक्छ। पारिवारिक सल्लाह लिँदा परिणाम सकारात्मक हुन सक्छ। आर्थिक रूपमा आजको दिन चलायमान रहनेछ। खर्च र आम्दानी दुबै पक्ष सक्रिय देखिन्छ। नयाँ योजना वा योजना कार्यान्वयनका लागि शुभ समय हो। रोजगारीको क्षेत्रमा उच्चपदमा रहेका व्यक्तिहरूसँग सिधा सम्पर्क हुने सम्भावना छ। व्यवसायमा टाढाका व्यक्तिहरूसँग सम्झौता गर्न सकिनेछ। पारिवारिक सम्बन्धमा रमाइलो वातावरण बन्न सक्छ। कुनै सदस्यको सफलता वा उपलब्धिको खबर आउन सक्छ। मानसिक रूपमा सजग र चिन्तनशील देखिनुहुनेछ। नयाँ ज्ञान प्राप्त गर्ने उत्सुकता बढ्नेछ। धर्म, अध्यात्म वा दर्शनतर्फ चासो बढ्ने सम्भावना पनि देखिन्छ। विदेशतर्फ योजना बनाउँदै हुनुहुन्छ भने आज कन्सल्टेन्सी, फारम वा अन्तर्वार्ता जस्ता प्रक्रियामा सरिक हुन सकिने दिन हो। विद्यार्थीहरूको लागि अध्ययनको गहिराइ बढ्ने दिन हो। स्वास्थ्य सामान्य देखिए पनि ओठ, गिजा, गला वा पाचन प्रणालीमा समस्या देखिन सक्छ। प्रशस्त पानी पिउनु र आराम गर्नुपर्छ। (शुभ रङ: हल्का हरियो, शुभ अंक: ४)
मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गा)
मकर राशिका लागि आजको दिन कार्यसञ्चालन, निर्णय क्षमता र धैर्यको परीक्षा लिने दिन हो। धेरै कुराहरू एकसाथ सम्हाल्नुपर्ने स्थिति आउनसक्छ। तर, तपाईंको व्यवस्थापन क्षमता बलियो भएमा परिस्थिति नियन्त्रणमा ल्याउन सकिनेछ। प्रेम जीवनमा मन मिल्ने वातावरण बन्नेछ। पुराना कुराहरू बिर्सिएर अगाडि बढ्न सकिने सम्भावना देखिन्छ। दाम्पत्य जीवनमा चाहिँ घरायसी जिम्मेवारीको बाँडफाँट आवश्यक हुनेछ। सम्मान र सहयोगको भावना कायम राखेमा सम्बन्ध मजबुत बन्नेछ। आर्थिक पक्ष आज स्थिर देखिन्छ। ठूलो आम्दानीको संभावना नभए पनि स्थायित्व रहनेछ। पहिलेका लगानीको प्रतिफल आउन सक्छ। अफिसमा मेहनतको उचित मूल्यांकन नहुन सक्छ, जसले केही निराशा ल्याउन सक्छ। व्यवसायमा विस्तारको सोच बनाइएको भए पनि अझै केही प्रतीक्षा आवश्यक देखिन्छ। पारिवारिक वातावरण सामञ्जस्यपूर्ण देखिन्छ। कुनै धार्मिक वा सामाजिक कार्यक्रममा सहभागिता जनाउने अवसर मिल्न सक्छ। घरमा सम्मानित पाहुनाको आगमन पनि हुनसक्छ। मानसिक रूपमा आज धैर्य र सहनशीलता आवश्यक हुनेछ। जीवनका कुनै गहिरा प्रश्नहरूले सताउन सक्छ, तर तपाईंको तार्किक सोचले समाधान निकाल्नेछ। विदेश अध्ययन/रोजगारीका लागि प्रयासरतहरूका लागि नयाँ ढोका खुल्ने सम्भावना छ, तर प्रक्रिया अझै लम्बिन सक्छ। विद्यार्थीहरूले आज नयाँ विषयप्रति आकर्षण अनुभव गर्नेछन्। स्वास्थ्यमा थकान, कमर दुख्ने वा अनिद्राको समस्या आउन सक्छ। तनाव कम गर्न गहिरो सास, हल्का व्यायाम वा शान्त संगीत लाभदायक हुनेछ। (शुभ रङ: रातो, शुभ अंक: ५)
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन कुम्भ राशिका लागि सामाजिक संलग्नता, नवप्रवर्तन र वैचारिक छलफलले भरिएको हुनेछ। तपाईंको विचारशैली अरूभन्दा फरक हुने भएकाले केहीले त्यसलाई सह्राहना गर्नेछन् भने केहीले आलोचना पनि गर्न सक्छन्। प्रेम जीवनमा इमानदारी र स्वतन्त्रताको तालमेल कायम गर्नुपर्ने दिन हो। एक अर्कालाई स्थान दिनु आवश्यक हुनेछ। विवाहित जीवनमा पुराना योजनाहरू कार्यान्वयनको चरणमा पुग्न सक्छन्। आर्थिक दृष्टिले नयाँ आम्दानीको उपायको खोजी हुनेछ। टिमवर्क र सहकार्यमा आधारित व्यवसायमा सफलता मिल्न सक्छ। जागिरेहरूका लागि समूहमा काम गर्दा सन्तुलन र सहनशीलता आवश्यक हुनेछ। पारिवारिक सम्बन्धमा सामाजिक उत्तरदायित्व बढ्नसक्छ। तपाईंलाई घरबाहिरका काममा बढी समय दिनुपर्ने हुँदा पारिवारिक समय कम हुनसक्छ, जसले घरभित्र असन्तुलन ल्याउन सक्छ। मानसिक रूपमा विचारको वहाव तीव्र रहनेछ। नयाँ कुरा सिक्ने उत्साह रहन्छ, तर निर्णय गर्दा अत्यधिक सोच्नुले कार्यक्षमता घटाउन सक्छ। विदेश यात्रा वा अध्ययन सम्बन्धी निर्णयहरूका लागि आजको दिन अनुसन्धान र तयारीमा खर्च गर्न उपयुक्त छ। विद्यार्थीहरूका लागि आजको दिन समूह अध्ययन लाभदायक बन्नसक्छ। स्वास्थ्यमा नशा, रक्तचाप, वा टाउको दुख्ने समस्या देखिन सक्छ। स्क्रिन टाइम घटाउनु, पानी प्रशस्त पिउनु उपयुक्त हुनेछ। (शुभ रङ: पहेंलो, शुभ अंक: २)
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मीन राशिका लागि आत्मसमीक्षा, करुणा र सृजनात्मकताले भरिएको दिन हुनेछ। तपाईंको भावनात्मक चेतना उच्च हुने भएकाले सानो कुराले पनि तपाईंलाई प्रभावित बनाउन सक्छ। यस्ता दिनमा ध्यान वा सिर्जनशील कामबाट मन हलुका बनाउन सकिनेछ। प्रेम जीवनमा केही गहिरा प्रश्नहरू सताउन सक्छन्। तपाईंको स्नेह र समर्पणप्रति शंका हुनसक्छ। संवादमार्फत स्पष्टता ल्याउनु जरुरी छ। विवाहितहरूका लागि सासू–बुहारी वा नातेदारसँग सम्बन्ध मिलाउन प्रयास आवश्यक हुनेछ। आर्थिक पक्षमा आजको दिन खर्च बढ्ने सम्भावना देखिन्छ। तर, खर्चहरू अत्यावश्यक क्षेत्रमै हुने भएकाले दोष दिनु हुदैन। काममा ध्यान केन्द्रित गर्न कठिनाई हुनसक्छ। व्यवसायमा आन्तरिक व्यवस्थापन बलियो बनाउनु पर्ने आवश्यकता देखिन्छ। पारिवारिक क्षेत्रमा घरको वातावरण केही अस्थिर देखिन सक्छ। आपसी विचारमा मतभेद आउन सक्छ, तर तपाईंको सौम्यता र विनम्रताले स्थिति सुधार्नेछ। मानसिक रूपमा गहिरो सोच, आत्मनिरीक्षण र सपना आउने सम्भावना छ। यस्ता संकेतहरूलाई मनोवैज्ञानिक ढंगले बुझ्न सक्नु भएमा आत्मबोधमा फाइदा हुनेछ। वैदेशिक सम्भावनामा केही ढिलाइ भए पनि प्रक्रिया सही दिशामा अघि बढ्नेछ। विद्यार्थीहरूको लागि भने आजको दिन शान्त तर प्रभावकारी रहनेछ। स्वास्थ्यमा निन्द्रा, मानसिक थकान वा छालासम्बन्धी समस्या देखिन सक्छ। ताजा फलफूल, हल्का भोजन र पर्याप्त आराम अनिवार्य हुनेछ। (शुभ रङ: निलो, शुभ अंक: ६)