News Portal

  • अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    १५५ पटक

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका छन्। पहिरो र बाढीको असर देशका मुख्य सडक सञ्जालमा देखिएको छ, जसअनुसार ११ वटा मुख्य राजमार्ग पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।

    नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको विवरणअनुसार, देशका विभिन्न प्रदेशहरूमा सडक आवागमन ठप्प हुँदा सर्वसाधारणलाई यात्रा गर्न कठिन भएको छ।

    कोशी प्रदेशमा कोशी राजमार्ग, मेची राजमार्ग, तमोर करिडोर र मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरू बाढी र पहिरोले पूर्ण रूपमा अबरुद्ध छन्।

    बागमती प्रदेशमा चीनसँगको व्यापारिक नाका जोड्ने नेपाल–चीन पुल र पासाङ ल्हामु राजमार्ग (रसुवा खण्ड) पहिरोले ठप्प बनेका छन्।

    गण्डकी प्रदेशमा कालिगण्डकी करिडोर तथा जोमसोम–लोमान्थाङ सडक अवरुद्ध हुँदा हिमाली क्षेत्रको यातायात सम्पर्क टुटेको छ।

    लुम्बिनी प्रदेशमा सहिद राजमार्ग बन्द छ।

    कर्णाली प्रदेशमा जाजरकोट–डोल्पा भेरी करिडोर सडक सञ्चालनमा आउन सकेको छैन।

    सुदूरपश्चिम प्रदेशमा महाकाली राजमार्ग ठप्प बनेको प्रहरीको भनाइ छ।

    यद्यपि केही ठाउँमा राहतको संकेत देखिएको छ। काठमाडौं–नुवाकोट सडकखण्ड, बागलुङको कालिगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर र लुम्बिनी प्रदेशको सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आइसकेका छन्।

    सडक खुलाउने काममा प्रहरी तथा स्थानीय प्रशासन सक्रिय रहेको छ। प्रहरीले अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नु परेमा सम्बन्धित सडकको अवस्थाबारे बुझेर मात्र निस्कन आग्रह गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...

    धादिङका एलिजर तामाङ फागुन २१ को संघीय चुनावमा उम्मेदवार दिने

    धादिङ – धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–१ निवासी समाजसेवी एलिजर तामाङले आगामी फागुन २१ गते...

    आज २०८२ साल मंसिर २४ गतेको राशिफल

    आज मंसिर २४, २०८२ (डिसेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको...