News Portal

अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

२७८ पटक

देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका छन्। पहिरो र बाढीको असर देशका मुख्य सडक सञ्जालमा देखिएको छ, जसअनुसार ११ वटा मुख्य राजमार्ग पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको विवरणअनुसार, देशका विभिन्न प्रदेशहरूमा सडक आवागमन ठप्प हुँदा सर्वसाधारणलाई यात्रा गर्न कठिन भएको छ।

कोशी प्रदेशमा कोशी राजमार्ग, मेची राजमार्ग, तमोर करिडोर र मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरू बाढी र पहिरोले पूर्ण रूपमा अबरुद्ध छन्।

बागमती प्रदेशमा चीनसँगको व्यापारिक नाका जोड्ने नेपाल–चीन पुल र पासाङ ल्हामु राजमार्ग (रसुवा खण्ड) पहिरोले ठप्प बनेका छन्।

गण्डकी प्रदेशमा कालिगण्डकी करिडोर तथा जोमसोम–लोमान्थाङ सडक अवरुद्ध हुँदा हिमाली क्षेत्रको यातायात सम्पर्क टुटेको छ।

लुम्बिनी प्रदेशमा सहिद राजमार्ग बन्द छ।

कर्णाली प्रदेशमा जाजरकोट–डोल्पा भेरी करिडोर सडक सञ्चालनमा आउन सकेको छैन।

सुदूरपश्चिम प्रदेशमा महाकाली राजमार्ग ठप्प बनेको प्रहरीको भनाइ छ।

यद्यपि केही ठाउँमा राहतको संकेत देखिएको छ। काठमाडौं–नुवाकोट सडकखण्ड, बागलुङको कालिगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर र लुम्बिनी प्रदेशको सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आइसकेका छन्।

सडक खुलाउने काममा प्रहरी तथा स्थानीय प्रशासन सक्रिय रहेको छ। प्रहरीले अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नु परेमा सम्बन्धित सडकको अवस्थाबारे बुझेर मात्र निस्कन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...