News Portal

ललितपुरका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन

१८० पटक

काठमाडौं, साउन ४ – ललितपुरको राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्रिय योगदान दिएका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्य अब रहेनन्। साउन २ गते उनको ८९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

राजनीतिक जीवनको प्रारम्भ २०२७ सालमा नगर पञ्चायतको वडाध्यक्षबाट गरेका बज्राचार्य २०३२ सालमा ललितपुर नगर पञ्चायतका प्रधानपञ्च निर्वाचित भएका थिए। दीर्घकालीन जनसेवामा समर्पित उनी २०५४ सालमा नेकपा एमालेको तर्फबाट ललितपुर उपमहानगरपालिकाको मेयर बनेका थिए। आजसम्मको इतिहासमा एमालेबाट मेयर निर्वाचित हुने एकमात्र व्यक्ति उनै हुन्।

२०६० सालमा राजा ज्ञानेन्द्रले उनलाई पुनः मनोनित मेयरको जिम्मेवारी दिएका थिए भने २०६१ सालमा उनी राजाको मन्त्रिपरिषद्मा पर्यटनमन्त्रीको रुपमा सहभागी भएका थिए।

सामाजिक तथा आर्थिक क्षेत्रमै समेत उत्तिकै सक्रिय बज्राचार्य ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा पनि कार्यरत रहिसकेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...