News Portal

ललितपुरका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन

३१९ पटक

काठमाडौं, साउन ४ – ललितपुरको राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्रिय योगदान दिएका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्य अब रहेनन्। साउन २ गते उनको ८९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

राजनीतिक जीवनको प्रारम्भ २०२७ सालमा नगर पञ्चायतको वडाध्यक्षबाट गरेका बज्राचार्य २०३२ सालमा ललितपुर नगर पञ्चायतका प्रधानपञ्च निर्वाचित भएका थिए। दीर्घकालीन जनसेवामा समर्पित उनी २०५४ सालमा नेकपा एमालेको तर्फबाट ललितपुर उपमहानगरपालिकाको मेयर बनेका थिए। आजसम्मको इतिहासमा एमालेबाट मेयर निर्वाचित हुने एकमात्र व्यक्ति उनै हुन्।

२०६० सालमा राजा ज्ञानेन्द्रले उनलाई पुनः मनोनित मेयरको जिम्मेवारी दिएका थिए भने २०६१ सालमा उनी राजाको मन्त्रिपरिषद्मा पर्यटनमन्त्रीको रुपमा सहभागी भएका थिए।

सामाजिक तथा आर्थिक क्षेत्रमै समेत उत्तिकै सक्रिय बज्राचार्य ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा पनि कार्यरत रहिसकेका थिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...