News Portal

  • धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला, ५ करोड नजिक आम्दानी

    १५० पटक

    काठमाडौं, साउन २ – काठमाडौंको ऐतिहासिक चिनारीका रूपमा रहेको सुन्धारास्थित धरहरा अब प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला गरिने भएको छ। साउन १ गतेदेखि लागू भएको नयाँ समय व्यवस्थाले सर्वसाधारण तथा पर्यटकहरूलाई थप सहज बनाएको छ।

    २०७२ सालको विनाशकारी भूकम्पबाट भत्किएको धरहरा संविधान दिवसको अवसर पारेर पुनर्निर्माणपछिको स्वरूपमा जनसाधारणका लागि पहिलोपटक खोलिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा निर्माण थालिएको यो धरहरा २०७८ साल वैशाख ११ गते ओलीकै हातबाट उद्घाटन गरिएको हो।

    सहरी विकास मन्त्रालयका अनुसार, धरहराबाट अहिलेसम्म असार २४ गतेसम्मको विवरणअनुसार ४ करोड ८३ लाख ६५ हजार रुपैयाँ आम्दानी भएको छ। यो आम्दानी मुख्यतः धरहरा चढ्न लाग्ने प्रवेश शुल्कबाट उठाइएको हो।

    हाल धरहरा अवलोकन गर्न जाने आगन्तुकहरूलाई पार्किङ शुल्क नलाग्ने व्यवस्था गरिएको छ, जसले सवारीसाधन लिएर जाने नागरिकहरूलाई राहत मिलाएको छ। धरहरा चढ्न सर्वसाधारणले प्रतिव्यक्ति २ सय रुपैयाँ तिर्नुपर्छ। विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूले भने ५० प्रतिशत छुटसहित १ सय रुपैयाँमा धरहरा अवलोकन गर्न सक्छन्।

    सार्क राष्ट्रका पर्यटकहरूका लागि ५ सय रुपैयाँ र अन्य विदेशी पर्यटकहरूका लागि १ हजार रुपैयाँको प्रवेश शुल्क निर्धारण गरिएको मन्त्रालयले जानकारी दिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...

    युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

    काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा...

    प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्दै, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज...

    युवा शक्ति कुवेतद्वारा पहिलो पटक सरकारी स्वीकृतिसहित सालमिया साइट क्षेत्रमा सफाई अभियान सुरु

    कुवेत सिटी– कुवेत सामाजिक सेवामा सक्रिय युवा शक्ति कुवेतले कुवेत सरकारअन्तर्गतको स्थानीय नगरपालिका (Municipality) बाट आधिकारिक...

    आज २०८२ साल मंसिर २६ गतेको राशिफल

    आज मंसिर २६, २०८२ (डिसेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...