News Portal

शिक्षकबाटै यौन आक्रमण प्रयास, रोक्न गएका नागरिक पक्राउ

३३६ पटक

पोखरा, साउन २ – पोखरा–१६ स्थित विन्दवासिनी माविका सहायक प्रधानाध्यापक भेषराज पौडेल र भारतीय पेन्सन क्याम्पका आईटी अफिसर दीपक सापकोटाले पोखरा–८ मा रहेको सेभेन स्टार रेष्टुरेन्टमा कार्यरत २२ वर्षीया वेटर युवतीमाथि बलात्कार प्रयास गरेका छन्।

विवादको सुरुवात युवती काम सकेर साँझपख घर फर्किन निस्किएकै बेला भयो। भेषराज र दीपकले उनलाई पछ्याउँदै बाटोमै जबर्जस्ती गर्न खोजेपछि युवतीले साहसिक ढंगले उम्किँदै प्रतिकार गरिन्। युवतीको गुहार सुनेर तत्कालै नजिकै रहेका लोकबहादुर थापा घटनास्थलमा पुगेका थिए। युवतीको अस्मिता जोगाउन उनले भेषराजलाई थप्पड हाने, जसपछि उनी बाटोमै ढले।

यद्यपि, घटनाको सुरुवात रेष्टुरेण्ट भित्रबाटै भएको थियो। भेषराजले रिसेप्सन अगाडि शारीरिक दुर्व्यवहार मात्र होइन, किचनसम्म पसेर खोजखाज गरेको र क्याबिनभित्र समेत आपत्तिजनक हर्कतहरू गरेको बुझिएको छ। ती युवतीको गोपनीयता कायम राख्दै घटनाका भित्रि दृश्यहरू सार्वजनिक गरिएको छैन। तर, घटनामा भेषराज ढलेपछि अन्तिम क्षणमा भागेका व्यक्ति भने दीपक सापकोटा रहेको खुलेको छ।

यता, पीडित पक्षले रेष्टुरेण्टमा रहेका सिसीटिभी फुटेजहरू प्रमाणका रूपमा प्रस्तुत गरिसकेको छ भने स्थानीयवासी र महिला अधिकारकर्मीहरूले घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...