News Portal

  • अब धरहरा चढ्न सार्वजनिक बिदा कुर्नु नपर्ने, १२ घण्टा खुला रहने व्यवस्था लागू

    १३३ पटक

    काठमाडौं, साउन १ – सर्वसाधारणका लागि धरहरा अवलोकनको समय थपिएको छ। अबदेखि राजधानीको ऐतिहासिक धरहरा हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने भएको छ। सहरी विकास मन्त्रालयका अनुसार सार्वजनिक बिदाका दिन र शनिबार पनि धरहरामा चढ्न पाइनेछ।

    मन्त्रालयका प्रवक्ता नारायण मैनालीले अब धरहरा दुई सिफ्टमा सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार विगतमा धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्रै खुल्ने व्यवस्था थियो। नागरिकहरूले समय छोटो भएको गुनासो गर्दै आएका थिए, त्यसैले मन्त्रालयले अवलोकन समय थप गर्ने निर्णय गरेको हो।

    २०७२ सालको विनाशकारी भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको धरहरा पुनर्निर्माणपछि गत असोज ३ गते परीक्षणका रूपमा खोलिएको थियो भने मङ्सिर ९ गतेदेखि शुल्क लिएर सर्वसाधारणलाई चढ्न दिने व्यवस्था गरिएको थियो।

    धरहरा सञ्चालनको सात महिनाको अवधिमा २ लाख ३७ हजार ६५ जनाले अवलोकन गरिसकेका छन्। सो अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ।

    हाल धरहराको सञ्चालन विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ अनुसार सशुल्क रूपमा हुँदै आएको छ। अवलोकन समय थप भएसँगै अब राजधानी आउने पर्यटक, विद्यार्थी तथा स्थानीय बासिन्दाका लागि धरहरा अवलोकन गर्न झनै सहज र सुगम हुने अपेक्षा गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

    काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार...

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...