News Portal

काठमाडौं चक्रपथमा गुड्न थाले १२ वटा नयाँ विद्युतीय बस

३०२ पटक

काठमाडौं, असार ३२ – काठमाडौंको चक्रपथ क्षेत्रमा आजदेखि १२ वटा विद्युतीय बस सञ्चालनमा आएका छन्। वातावरणमैत्री र दिगो सहरी यातायात प्रणालीको लक्ष्यसहित महानगर यातायात प्रालिले यी बस सञ्चालनमा ल्याएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज आयोजित विशेष कार्यक्रममा नयाँ बस सेवाको उद्घाटन गर्दै पेट्रोलियम इन्धनमा निर्भरता घटाएर ‘स्मार्ट सहर’ निर्माणतर्फ सरकार अघि बढेको बताए। उनले विद्युतीय बस सञ्चालनलाई थप प्रोत्साहन गर्न नीति तथा संरचना तयार पार्दै जाने स्पष्ट पारे।

महानगर यातायात प्रालिका सचिव केशव नेपालले सार्वजनिक यातायातमा आधारित पहिलो पब्लिक लिमिटेड कम्पनीका रूपमा कम्पनीले नयाँ अध्याय सुरु गरेको जानकारी दिए। कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले उपत्यका र वरपरका क्षेत्रमा पनि निकट भविष्यमा विद्युतीय बस विस्तार गर्ने योजना सुनाए।

यसअघि कम्पनीले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म पनि बस सेवा सञ्चालन गरिसकेको छ। कम्पनीले स्वच्छ वातावरणको संरक्षण र सहरी यातायातलाई दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...