News Portal

अमेरिकाबाट थप १९ नेपाली डिपोर्ट, तल्लो बाटो हुँदै अमेरिका छिर्न खोजेकाहरु

२५१ पटक

काठमाडौं, असार ३२ – अमेरिकाबाट थप १९ जना नेपालीहरू डिपोर्ट भएर स्वदेश फर्किएका छन् । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार २५ जेठमा चार्टर्ड उडानबाट ३७ जना फर्किएपछि पनि नियमित रूपमा एक-दुई जनाका दरले नेपालीहरू डिपोर्ट भइरहेका छन् । अहिले डिपोर्ट गरिएका व्यक्तिहरू नियमित उडानमार्फतै नेपाल आइपुगिरहेका छन् ।

विभागले उपलब्ध गराएको विवरणअनुसार, पछिल्लो केही सातामै १९ जना नेपालीलाई अमेरिका प्रशासनले फर्काएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी प्रशासनले कडा अध्यागमन नीति लागू गरेकाले सामान्य अपराधमा समेत समातिएकाहरू डिपोर्ट हुने गरेका छन् ।

फर्काइएका अधिकांश नेपालीहरू तल्लो बाटो हुँदै अवैध रूपमा अमेरिका छिर्ने प्रयासमा पक्राउ परेका हुन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरूबाट तस्करीमा संलग्न गिरोहबारे जानकारी लिन विमानस्थलमै सोधपुछ गर्ने गरेको छ । तर धेरैजसोले प्रहरीलाई सहयोग गर्न नमान्ने गरेको पाइएको छ ।

‘उनीहरूलाई पठाउने प्रायः आफन्त र चिनजानकै व्यक्ति हुने भएकाले उजुरी गर्न डराउँछन्,’ ब्यूरोमा लामो समयदेखि आबद्ध एक अधिकृतले हिमाली सञ्चारलाई बताए ।

अवैध बाटोबाट अमेरिका छिर्नेहरूले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाउने गरेका छन् । मध्यपूर्व, युरोप र दक्षिण अमेरिकाका विभिन्न मुलुक हुँदै उनीहरूलाई उत्तरी अमेरिकामा पुर्‍याइने गरिएको पाइएको छ ।

अध्यागमन विभागका अनुसार ट्रम्प राष्ट्रपति बनेयता हालसम्म १९७ जना नेपालीलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ । प्रहरीका अनुसार डिपोर्ट भएकाहरूको बयानका आधारमा मानव तस्करी सञ्जालविरुद्ध अनुसन्धान अगाडि बढाइने छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...