News Portal

भारत लगेर युवती कुबेतमा बेचिन्, बुटवलकी बिष्णु माया पक्राउ परिन् !

३३३ पटक

मंगलबार, असार ३१, २०८२

काठमाण्डौ। ८ बर्षअघि युवतीहरुलाई भारतको बाटो हुँदै कुबेतमा बेच्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट एक युवती मानव बेचबिखनको अभियोगमा पक्राउ गरिएको हो।

बुटवल–११ न्यू दुर्गानगर बस्ने ४६ वर्षीया बिष्णु माया शर्मा परियार ८ वर्ष पहिले ३ जना युवतीलाई भारत हुँदै कुवेत लगेर बेचबिखन गरेको अभियोगपछि फरार थिइन्।

परियारलाई बुटवल प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

२०७४ देखि परियार फरार सूचीमा थिइन्। मानव बेचबिखन कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...