News Portal

टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

२८० पटक

काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे जमाली अब कानुनी रूपमा पतिको र पत्नीकै रूपमा बाँधिएका छन्। काठमाडौं जिल्ला अदालत पुगेका यी दुईले सोमबार अदालती विवाह (कोर्ट म्यारिज) गरेर आफ्नो सम्बन्धलाई वैधानिक बनाएका हुन्।

विवाहपछिको खुसी उनीहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। कोर्ट म्यारिजका तस्बिर शेयर गर्दै एलिजेले लेखेकी छिन्, ‘हामीलाई अनलाइन खोज्न त खोजे, तर हामी त हाम्रो सधैंका लागि अनलाइनमै हस्ताक्षर गर्दै थियौं। मिस्टर एण्ड मिसेस।’

यो जोडीले २०८० साल असोज १९ गते दुबईमा ईन्गेजमेन्ट गरेका थिए। त्यतिबेला उनीहरूको इन्गेजमेन्टका फोटो र भिडियाहरू टिकटकमा निकै भाइरल भएका थिए। त्यसबेला पनि इन्गेजमेन्टको खबर उनीहरूले आफ्नै सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका थिए।

पाकिस्तानी मूलकी एलिजे र नेपाली नागरिक आयुषको भेट टिकटक लाइभमार्फत भएको थियो। सोही भेटबाट सुरु भएको प्रेम केही समयमै विवाहमा परिणत भएको हो।

एलिजे लामो समयदेखि दुबईमा बस्दै आएकी थिइन्। इन्गेजमेन्टपछि भने उनी नेपाल आएर आयुषसँगै बस्दै आएकी छन्। नेपाल र पाकिस्तानका युवायुवतीबीचको अन्तरदेशीय प्रेम र विवाह भएकाले पनि सामाजिक सञ्जालमा उनीहरूको चर्चा अझ चुलिएको देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...