News Portal

न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

३४८ पटक

रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न सफल भएको छ। न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका आधारमा गरिएको मूल्याङ्कनमा स्थानीय तहले सञ्चालनमा ल्याएको रंगेली अस्पताल देशभरका अस्पतालहरूमा नमूना अस्पताल बनेको हो। सुशासन र व्यवस्थापन, क्लिनिकल, म्यानेजमेन्ट र हस्पिटल सर्भिसका सूचकहरूका आधारमा गरिएको मूल्याङ्कनमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गरेको छ।

एक कार्यक्रमका बीच उक्त अंक सार्वजनिक गरिएको थियो। स्थानीय तहअन्तर्गत सञ्चालन भएका देशभरका अस्पतालमध्ये रंगेली अस्पतालले ८६ अंक प्राप्त गरेको हो। मूल्याङ्कन प्रत्येक ६ महिनामा हुने गर्दछ र अघिल्लो ६ महिनाको मूल्याङ्कनमा रंगेली अस्पतालले ८० अंक प्राप्त गरेको थियो। सहभागीहरूले अस्पतालले अझै सुधार गर्दै गएपछि प्राप्त हुने अंक क्रमशः बढ्दै जाने बताएका छन्।

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले सबैको सामूहिक प्रयासबाट अस्पताल नमूना र उदाहरणीय बन्न सफल भएको बताए। उनले आफूहरूको व्यवस्थापकीय भूमिकाका साथै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको योगदानले अझ व्यवस्थित र सुविधा सम्पन्न अस्पताल निर्माण गर्न महत्वपूर्ण भूमिका रहने बताए।

उनले अब आगामी ६ महिनामा हुने मूल्याङ्कनमा ९० अंकभन्दा माथि पुर्‍याउनका लागि चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अझ बढी जिम्मेवारीका साथ लाग्न आग्रह गरे।

कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य सचिव राधिका थपलिया, धनकुटा जिल्ला अस्पतालका डा. पुजन विश्वकर्मा, सुनसरी जिल्ला अस्पतालका डा. वैभव मल्लिक, डा. पशुपति खनाल, आस्था थापा लगायतले रंगेली अस्पतालले उल्लेखनीय प्रगति गरेको र स्थानीय तहअन्तर्गतका अस्पतालहरूमा सबैभन्दा सुविधा सम्पन्न अस्पताल बनेको बताएका थिए।

उक्त कार्यक्रममा मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत प्रदीप कुमार साह, वडा अध्यक्ष रामचन्द्र मण्डल, अस्पतालका मेसु डा. बसन्त साह, व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटुवाल, सदस्य पुरुषोत्तम काफ्ले, अजिम आलम, विभिन्न शाखाका चिकित्सक, ईन्चार्ज, कर्मचारी र विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...