News Portal

छाउगोठमा सर्पले टोकेर कञ्चनपुरकी महिलाको मृत्यु

३६१ पटक

कैलाली, असार २९ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पले टोकेपछि मृत्यु भएको छ।

२८ वर्षीया कमला आउजीलाई असार २८ गते राति करिब १२:३० बजेतिर सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते भएकी थिइन्। तुरुन्तै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिबार साँझ करिब ८ बजे उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

कमलाका श्रीमान् वैदेशिक रोजगारका लागि भारतमा छन्। उनी घरमै तीन सन्तानको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। सुरुमा घरमै सुतिरहेकै अवस्थामा सर्पले टोकेको भनिए पनि अनुसन्धानपछि उनी महिनावारीका कारण छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...