News Portal

  • छाउगोठमा सर्पले टोकेर कञ्चनपुरकी महिलाको मृत्यु

    १९६ पटक

    कैलाली, असार २९ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पले टोकेपछि मृत्यु भएको छ।

    २८ वर्षीया कमला आउजीलाई असार २८ गते राति करिब १२:३० बजेतिर सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते भएकी थिइन्। तुरुन्तै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिबार साँझ करिब ८ बजे उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

    कमलाका श्रीमान् वैदेशिक रोजगारका लागि भारतमा छन्। उनी घरमै तीन सन्तानको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। सुरुमा घरमै सुतिरहेकै अवस्थामा सर्पले टोकेको भनिए पनि अनुसन्धानपछि उनी महिनावारीका कारण छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेको पुष्टि भएको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...