News Portal

झापाली समाज कुवेतको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा लिला पाण्डे

३८६ पटक

कुवेत, असार २९ — झापाली समाज कुवेतको छैठौं अधिवेशन ११ जुलाईमा सम्पन्न भएको छ। अधिवेशनबाट लिला पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

मङ्गाफस्थित डिलाइट हलमा कार्यवाहक अध्यक्ष लिला पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास कुवेतका तृतीय सचिव राजेन्द्र प्रसाद जोशी रहेका थिए।

कार्यक्रममा कुवेतमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, समाजसेवी र कलाकारहरूको उपस्थिति थियो। समाजका संरक्षक गोविन्द प्रसाद तिम्सिनाको सञ्चालनमा सम्पन्न कार्यक्रममा महासचिव राम न्यौपानेले स्वागत मन्तव्य राखेका थिए।

प्रमुख अतिथि जोशीले प्रवासमा रहेर पनि व्यस्तताको बाबजुद सामाजिक कार्यमा सक्रिय रहेको भन्दै प्रशंसा गरेका थिए। कुवेतमा कार्यरत नेपाली श्रमिकको हकहितका लागि दूतावास सधैं तयार रहेको पनि उनले बताए।

समाजले पत्रकार, कलाकार र संस्थाप्रति योगदान गरेका संरक्षक गोविन्द प्रसाद तिम्सिनालाई सम्मान गरेको थियो। यस अवसरमा समाजमा नयाँ ११ जनाले आजीवन सदस्यता ग्रहण गरेका थिए। निर्वाचन प्रमुख लोमश बास्तोला र सदस्य–सचिव भुवन सुबेदीले नयाँ कार्यसमितिको घोषणा गरेका थिए।

झापाली समाज कुवेतको छैठौं महाधिवेशनबाट २०२५–२०२७ कार्यकालका लागि निर्वाचित कार्यसमिति यस्तो छ : अध्यक्ष लिला पाण्डे, महिला उपाध्यक्ष कल्पना कार्की, उपाध्यक्ष प्रेम कार्की र राजिब बान्तवा राई, महासचिव राम न्यौपाने, सचिव गोविन्द न्यौपाने, कोषाध्यक्ष गोविन्द कार्की, प्रवक्ता कान्तिप्रसाद अधिकारी, युवा संयोजक सागरजंग क्षेत्री, महिला संयोजक सुजता बस्नेत, सदस्यहरू सुनीता चूडाल, अम्बिका थापा, सितादेवी भण्डारी, नवराज बिमली, विजय धिमाल, मनिष भट्टराई, दिपेन लिम्बु, किरण लिम्बु, सुबास राई, बबिता बराइली, तिलमाया पोखरेल, अम्बिका ढकाल भुर्तेल, मणी अधिकारी, मनिका मुखिया, डिल्ली कुमार आर्याल, रामकुमारी राई, रत्नमाया नेम्बाङ, बिन्दु अधिकारी, इन्दिरा बिष्ट, नबिन धिमाल र उद्धव अधिकारी रहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...