News Portal

क्यानडामा एनआरएनए अध्यक्षमा चन्द्रा अधिकारीको उम्मेदवारी

३७२ पटक

टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित अध्यक्ष पदका लागि उम्मेदवारी अभियान अगाडी बढाएकी छन्।

हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको महासचिव पदमा कार्यरत चन्द्राले सन् २०२५-२७ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। निर्वाचित भएमा १८ वर्षको इतिहासमा उनी एनआरएनए क्यानडाको पहिलो महिला अध्यक्ष हुने छिन्।

“म सामुदायिक केन्द्र स्थापनादेखि नेपालमा लगानी भित्र्याउने, नेपाल–क्यानाडा व्यापार विस्तार गर्ने, र सरकारले बेवास्ता गरेका नेपालीहरूका लागि आवाज बुलन्द गर्ने योजना लिएर आएको छु,” उनले भनिन्। चन्द्राले क्यानडा सरकार र नेपाली समुदायबिच सेतुको भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जाहेर गरिन्।

क्यानडा सरकारबाट दुई वटा उच्च सम्मान प्राप्त गरिसकेकी चन्द्रा आफ्ना श्रीमान् र दुई सन्तानसहित ग्रेटर टोरन्टो एरिया अन्तर्गत मिसिसागामा बस्छिन्। यौन हिंसा व्यहोरेकी छात्रा वा जागिर खोज्दै गरेका नेपाली विद्यार्थी, चन्द्रा र एनआरएनए क्यानाडा टिमले सक्दो सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताइन्।

को हुन् चन्द्रा अधिकारी ?

नेपाली डायस्पोरामा महिला नेतृत्वको सशक्त उदाहरणका रूपमा उभिएकी चन्द्रा स्याङ्जा चापाकोट–८, शाखरमा जन्मिएकी हुन्।
पद्म कन्या क्याम्पसमा अध्ययनरत रहँदा २०६२-६३ को आन्दोलनमा अग्र मोर्चामा रहेकी चन्द्राले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा अर्थशास्त्रमा एमए तथा वाल्मीकि विद्यापीठबाट बौद्ध दर्शनमा आचार्य गरेकी छन्।

नेपालमा सामाजिक कार्यमा गहिरो रुचि राख्ने चन्द्रा २०१५ को गोरखा केन्द्रबिन्दु भूकम्पपछि देशका विभिन्न प्रभावित जिल्लामा राहत, पुनर्निर्माण र श्रमदानमा अग्रसर भइन्। सन् २०१८ मा क्यानडा पुगेपछि कोभिड–१९ महामारीको कठिन समयमै उनले नेपाली विद्यार्थी, आप्रवासी र असहायहरूका लागि खाना, औषधि र आवश्यक सामग्री लिएर अग्र मोर्चामा काम गरिन्।

विगत पाँच वर्षमा उनले क्यानाडामा रहेका नेपाली विद्यार्थीहरूको स्वास्थ्य, बसोबास, मानसिक अवस्था र कानुनी अवस्थाका विषयमा समाधान खोजी गर्ने प्रमुख भूमिकामा आफूलाई प्रस्तुत गरिन्। एनआरएनए क्यानडाको महासचिवमा अत्यधिक मतसहित विजयी भएपछि उनको नेतृत्व झनै मजबुत बनेको देखिन्छ। कानुनी समस्यामा परेका नेपालीहरूलाई नेपाल फर्काउने, मृत्यु भएका विद्यार्थीहरूको शव व्यवस्थापन, र मानसिक समस्या समाधानमा उनले देखाएको तत्परता उल्लेखनीय छ।

उनले कोभिड १९ महामारीको बेला आफ्नो समुदायको सेवा गरेकोमा महारानी एलिजाबेथ कम्युनिटी भोलेन्टियर अवार्ड प्राप्त गरिन्। यसै वर्ष उनले किङ्ग चार्ल्स कोरोनेसन अवार्ड पनि प्राप्त गरिन्। “यी अवार्डहरूलाई मैले आफ्नो व्यक्तिगत उपलब्धि भन्दा पनि नेपाली समुदायलाई दिइएको सम्मानको रूपमा लिएको छु,” चन्द्रा भन्छिन्।। “आफ्नै समुदायबाट प्राप्त माया, स्नेह र आशीर्वाद नै मेरो सबै भन्दा ठूलो पुँजी हो,” उनी भन्छिन्।

हाल एनआरएनए केन्द्रमा देखिएको विवाद एनसीसीमा आउन दिन नहुने उनको आग्रह छ। “हामी एनसीसीहरु एक भएर केन्द्रलाई खबरदारी गर्नुपर्छ। यदि साँच्ची नै एनआरएनएलाई राम्रो र समुदायमुखी बनाउने हो भने हामी सबै एक ढिक्का भएर अघि बढ्नुको विकल्प छैन,” उनी भन्छिन्।

आउँदो २० जुलाईमा हुन गई रहेको एनसीसी क्यानडाको चुनावमा सबै साथीहरूको सहयोग पाउने उनले विश्वास लिएकी छन्। “म क्यानडास्थित नेपाली समुदायको आँसुमा मलहम बन्न चाहन्छु, निराशामा आशा बन्न चाहन्छु। यो अभियानमा सबै साथीहरूको साथ, सहयोग र सुझाव पाउने मैले विश्वास लिएकी छु,” उनले भनिन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...