News Portal

अर्घाखाँचीमा मदिराले मात्तिएको छोराको निर्मम कर्म : बाबुको हत्या गरेर मलखातामा गाडियो

१९८ पटक

अर्घाखाँची, असार २७ — सामान्य घरायसी विवादले बिघटनको रुप लिँदै जाँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ डिभर्ना बार्सखर्कमा एक छोराले नशाको मातमा आफ्नै बाबुको ज्यान लिएर मलखातामा गाडेको हृदयविदारक घटना खुलेको छ।

७२ वर्षीय जंगबहादुर नेपालीलाई उनका ४० वर्षीय छोरा झुपे नेपालीले बुधवार दिउँसो घरमै दाउराको चोट हानी हत्या गरेका हुन्। घटनापछि शव घरनजिकैको मलखातामा लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको छ।

स्थानीयवासीका भनाइमा झुपे नेपाली पहिले देखिनै झगडालु र मदिरामा लठ्ठिने बानीका थिए। प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार मदिराको गहिरो मातमा झुपेले रिसको झोकमा बाबुलाई कुटपिट गरी हत्या गरेपछि शवलाई मलभित्र पुरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

झुपे यसअघि पनि दुई महिनाअघि अभद्र व्यवहारका कारण प्रहरी हिरासतमा परिसकेका थिए। अहिले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

घटनाबारे थप जानकारी दिंदै वडा सदस्य मिना श्रेष्ठले जंगबहादुरले कान्छी श्रीमती ल्याउँदा झुपे जन्मिएको बताइन्। बार्सखर्कमै हुर्केका झुपे प्रायः दिनभर मदिरा सेवन गरी गाउँमा हल्ला गर्ने बानीका थिए। बुधवार आमा घरमा नरहेको मौका छोपी बाबुलाई हत्या गरी शव मलखातामा गाडेको अवस्थामा भेटिएको श्रेष्ठले बताइन्।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...