News Portal

त्रिशूली नदी किनारमा शंकास्पद अवस्थामा भेटियो अज्ञात पुरुषको शव

२७५ पटक

चितवन, असार २६ – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ। करिब ४५ देखि ५० वर्ष उमेर समूहको अनुमान गरिएका ती पुरुषको शव केही अंगविहीन अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। शवको प्रारम्भिक जाँचपछि पहिचान खुल्न नसकेकाले थप प्रक्रिया पूरा गर्न भरतपुर जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

२४ असारमा रसुवा क्षेत्रमा आएको बाढीका कारण बेपत्ता भएका व्यक्तिहरूमध्ये कुनै एकको शव त्रिशूलीमा बगिएर चितवनसम्म आएको हुन सक्ने आशंका गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...