News Portal

मनिषा कोइराला रवि लामिछानेको पक्षमा, रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता

३०७ पटक

काठमाडौं, असार २६ – चर्चित नेपाली अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा खुलेर समर्थन जनाउने भएकी छन्। लामिछानेमाथि भइरहेको ‘अन्याय’को विरुद्धमा आवाज उठाउँदै उनले पार्टीद्वारा सञ्चालित हस्ताक्षर अभियानमा सहभागिता जनाउने पक्का भएको छ।

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना गरिएको हस्ताक्षर कार्यक्रममा मनिषा आज साढे ११ बजे नै पुग्ने तयारी भएको समितिका सचिव प्रमोद न्यौपानेले जानकारी दिए। लामो समयदेखि वैचारिक रुपमा राजसंस्थाको पक्षधर मानिँदै आएकी मनिषा यसअघि कुनै दलप्रति खुलेर उभिएकी थिइनन्।

उनको समर्थनले रास्वपाका नेता तथा कार्यकर्ताहरू थप उत्साहित भएका छन्। रवि लामिछानेविरुद्ध भइरहेको गतिविधि ‘राजनीतिक प्रतिसोध’ भएको भन्दै सुरु गरिएको यो अभियानमा मनिषाको ऐक्यबद्धता पार्टीका लागि ठूलो मनोबल बनेको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...