News Portal

श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

२६६ पटक

झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। शनिश्चरे क्याम्प नजिकै डेरामा बस्दै आएकी २२ वर्षीया गंगा राईको ज्यान गएको हो।

स्थानीय प्रहरीले दिएको जानकारीअनुसार गंगा राईमाथि श्रीमानसँगको अवैध सम्बन्ध रहेको भन्दै रमेश भुसालकी पत्नी सुस्मिता भुसालले आफ्ना साथीहरू लिएर कोठामै पुगेर निर्घात कुटपिट गरेकी थिइन्। मंगलबार राति करिब ११ बजेतिर रमेश भुसाल गंगाको कोठामा गएको थाहा पाएपछि आक्रोशित सुस्मिताले ५ जना साथीहरू बोलाएर कोठामा पुगेको प्रहरी स्रोतले जनाएको छ।

कुटपिटमा सुस्मिता भुसालसँगै ५४ वर्षीया मैयाँ श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटी र ६० वर्षीया नर्बदा सुन्दास संलग्न रहेको खुल्न आएको छ।

गम्भीर घाइते भएकी गंगालाई शनिश्चरेस्थित शंकर अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा बुधबार बिहान १:२० बजे उनको मृत्यु भएको बिर्तामोड प्रहरीले जनाएको छ।

हाल सुस्मिता भुसालसहित कुटपिटमा संलग्न ५ जना महिला र सुस्मिताका श्रीमान रमेश भुसाललाई नियन्त्रणमा लिई प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...