News Portal

श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

२२५ पटक

झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। शनिश्चरे क्याम्प नजिकै डेरामा बस्दै आएकी २२ वर्षीया गंगा राईको ज्यान गएको हो।

स्थानीय प्रहरीले दिएको जानकारीअनुसार गंगा राईमाथि श्रीमानसँगको अवैध सम्बन्ध रहेको भन्दै रमेश भुसालकी पत्नी सुस्मिता भुसालले आफ्ना साथीहरू लिएर कोठामै पुगेर निर्घात कुटपिट गरेकी थिइन्। मंगलबार राति करिब ११ बजेतिर रमेश भुसाल गंगाको कोठामा गएको थाहा पाएपछि आक्रोशित सुस्मिताले ५ जना साथीहरू बोलाएर कोठामा पुगेको प्रहरी स्रोतले जनाएको छ।

कुटपिटमा सुस्मिता भुसालसँगै ५४ वर्षीया मैयाँ श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटी र ६० वर्षीया नर्बदा सुन्दास संलग्न रहेको खुल्न आएको छ।

गम्भीर घाइते भएकी गंगालाई शनिश्चरेस्थित शंकर अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा बुधबार बिहान १:२० बजे उनको मृत्यु भएको बिर्तामोड प्रहरीले जनाएको छ।

हाल सुस्मिता भुसालसहित कुटपिटमा संलग्न ५ जना महिला र सुस्मिताका श्रीमान रमेश भुसाललाई नियन्त्रणमा लिई प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...