News Portal

आधुनिक सामग्री निर्माणको एड्भान्स तालिम सुरु

२१७ पटक

रविन्द्र बराल/ मोरङ, असार २५ – रंगेली नगरपालिकामा बाँसबाट आधुनिक सामग्री निर्माणसम्बन्धी एक महिनाको एड्भान्स तालिम सुरु भएको छ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका उप–प्रमुख भुमा पराजुली, कार्यकारी अधिकृत प्रदीप कुमार साह, वडा नं. ६ का वडाध्यक्ष सुजित कुमार मण्डल, गृहश्रमिक सृजनशील महिला समाजकी अध्यक्ष शान्ता श्रेष्ठ, उषा रायमाझी कुँवर र उपाध्यक्ष कमला न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता शान्ता श्रेष्ठले गर्नुभएको थियो भने उद्घाटन सत्रमा अतिथिहरूले यस्तो एड्भान्स तालिममार्फत माझी र माल्लिक समुदायको परम्परागत सीपलाई आधुनिक तरिकाले व्यवसायिक बनाई आत्मनिर्भर बनाउने उद्देश्यप्रति प्रशंसा व्यक्त गरेका थिए।

टेवा संस्थाको आर्थिक सहयोग र गृहश्रमिक सृजनशील महिला समाजको आयोजनामा सञ्चालन भएको उक्त तालिमले सहभागीहरूलाई सीप विकास, रोजगारी सिर्जना र आर्थिक सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...