News Portal

देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन : कुलमान घिसिङ

२९६ पटक

दुबई, असार २५ – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गर्ने वातावरण अझै बन्न नसकेको बताएका छन्।

विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीहरूसँग भेटघाट गर्न बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका घिसिङले देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान नगरेसम्म युवाहरूलाई स्वदेशमै बस्न प्रोत्साहित गर्न गाह्रो हुने बताए।

युएईको अबुधाबीमा नेपाली समुदायले आयोजना गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नै घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर पठाएको रेमिटेन्सले नेपालको अर्थतन्त्र चलेको तर श्रम गर्ने नेपालीलाई राज्यले उचित सम्मान दिन नसकेको उल्लेख गरे।

उनले भने, ‘‘देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो अभियान’ घोषणा गरिएको हो। उज्यालो अभियान केवल बिजुलीको मात्र नभई सुशासन, चुस्त-दुरुस्त सार्वजनिक सेवा, सामाजिक न्याय र आर्थिक समृद्धि हासिल गर्न देशभित्र समग्र आर्थिक क्रान्तिको अभियान हो। यसको कार्यान्वयनका लागि नेतृत्वमा परिवर्तन आवश्यक छ।’’

मध्यपूर्वी देशहरूको भ्रमणमा रहेका घिसिङलाई नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विक्रम लिम्बुसहित युएईमा सक्रिय नेपाली संघसंस्था र शुभेच्छुकहरूले पञ्चे बाजासहित सम्मान तथा नागरिक अभिनन्दन गरेका हुन्।

अबुधाबीमा अन्तर्राष्ट्रिय कलाकार समाज–युएई, तामाङ समाज, हामी नेपाली ग्लोबल युएई तथा स्थानीय नेपाली समुदाय मिलेर अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो।

यस भ्रमणका क्रममा उनले नेपाली समुदायसँग ‘उज्यालो अभियान’बारे परामर्श तथा साक्षात्कार गर्दै अबुधाबीस्थित नेपाली दूतावासमा पुगेर त्यहाँका समस्या र समाधानका विविध पक्षमा समेत छलफल गरेका थिए।

दुबईमा सम्पन्न कार्यक्रमको सञ्चालन सनिल घिसिङले गरेका थिए भने अबुधाबीमा पत्रकार उमाकान्त पाण्डेले सहजीकरण गरेका थिए।

कार्यक्रममा युएईमा रहेका नेपाली समुदायका अग्रजहरू, नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विक्रम लिम्बु, दिल तामाङ, रश्मि रिजाललगायत वक्ताहरूले विचार व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...