News Portal

बर्दिबासमा ट्रक र अटो ठोक्किँदा एकको ज्यान, दुई घाइते

२७२ पटक

महोत्तरी, असार २३ — महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित स्मृतिपार्क नजिक आइतबार राति ट्रक र अटो एकआपसमा ठोक्किँदा एक जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार ना६ख २२५१ नम्बरको ट्रकमा प्र.२–०२–००१ ह ०२८३ नम्बरको अटो ठोक्किँदा अटोमा सवार भारत मोतियारी जानपुर–४ निवासी ५५ वर्षीय श्रीपुजन गुप्ताको उपचारका क्रममा जनसेवा अस्पतालमा निधन भएको हो।

दुर्घटनामा अटो चालक र अर्को एक जना समेत घाइते भएका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाका कारण र थप विवरणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...