पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मदिनमा निर्मल निवासमा शुभेच्छुकहरूको भिड

काठमाडौं, असार २३ — पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७९ औं जन्मदिन पारिवारिक वातावरणमा शुभेच्छुकहरूको बीचमा मनाइरहेका छन्। वि.सं. २००४ साल असार २३ गते नारायणहिटी राजदरबारमा जन्मिएका शाहलाई आज बिहानैदेखि राजसंस्था पक्षधरहरूदेखि सर्वसाधारणसम्मले निर्मल निवासमा पुगेर शुभकामना तथा बधाइ दिइरहेका छन्।
निर्मल निवास स्रोतका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शुभेच्छुकहरूलाई प्रवेशको व्यवस्था मिलाइएको छ। शुभकामना दिन आएका धेरैले पूर्वराजालाई दीर्घायु र उत्तम स्वास्थ्यको कामना गर्दै राष्ट्रको हितमा सकारात्मक भूमिका रहिरहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

















