News Portal

  • भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

    १५० पटक

    भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइएको छ।

    घटनास्थलबाट आइतबार जिल्ला अस्पताल भोजपुर ल्याइएका शवलाई आवश्यक उपकरण अभावका कारण सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको हो।

    गत शनिबार राति भोजपुर नगरपालिका–२ का ३० वर्षीय राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको हत्या गरेका थिए। अभियुक्त स्वयं पनि घाइते अवस्थामा रहेकाले अहिले धरानमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

    पीडित परिवार आर्थिक रूपमा कमजोर रहेकाले शव परीक्षण र अन्य खर्चका लागि गाउँपालिकाको सचिवालयमार्फत संकलन गरिएको एक लाख १४ हजार ८७१ रुपैयाँ मृतकका आफन्तलाई हस्तान्तरण गरिएको छ। गाउँपालिका अध्यक्ष थामबहादुर राईले उक्त रकम सोमबार आफन्तलाई बुझाउँदै पीडित परिवारको पीडामा साथ रहेको बताए।

    अध्यक्ष राईका अनुसार गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाको तर्फबाट थप सहयोग गर्ने तयारीसमेत भइरहेको छ। उनले भने, “मृतक परिवारको अवस्था अत्यन्तै कमजोर छ, सचिवालयबाट संकलन भएको रकम हस्तान्तरण गरेका छौं र पालिकाबाट पनि सहयोग गर्नेछौं।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...