News Portal

देशका विभिन्न प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

२२५ पटक

काठमाडौं, असार २२  — देशभर सक्रिय मनसुनी प्रभावका कारण आज पनि देशका धेरै भागमा पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको पछिल्लो जानकारी अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा आज भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले बिहानै जारी गरेको बुलेटिनमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम खालको वर्षा हुने सम्भावना औंल्याइएको छ। अन्य प्रदेशका थोरै स्थानमा पनि वर्षा पर्ने देखिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको पनि सम्भावना छ।

आज राति पनि मौसममा सुधार आउने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ। रातको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मध्यम वर्षा हुने देखिएको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा भारीदेखि अत्यधिक भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा पनि भारी वर्षा हुनसक्ने उल्लेख गरिएको छ।

महाशाखाले भोलि सोमबार समेत कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने भएकाले पहिरो, बाढी र डुबानको जोखिम रहेको भन्दै स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...