News Portal

पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

१७८ पटक

चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन लागेका ६४ वर्षीय वृद्धलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

गोरखा जिल्लाको सिरानचोक गाउँपालिका स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ती वृद्धलाई पुलबाट हामफाल्न लागेको अवस्थामा देखेपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले ती वृद्धलाई ज्यान जोगाउन सफल भएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो।

उद्धारपछि वृद्धलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...