News Portal

प्रमिलाको निशुल्क रुपमा उपचार गराइयो

३७२ पटक

मोरङ, असार १५ – कानेपोखरी–२ दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी २ वर्षीया छोरी प्रमिला ऋषिदेव विगत दुई महिनादेखि पेट फुल्ने रोगबाट पीडित थिइन्। प्रमिलाको अवस्थाबारे रंगेली अपडेट, हाम्रो प्यारो देश नेपाल, हिमाली सञ्चार, एभिन्युज टेलिभिजन, सप्तकोसी टेलिभिजन तथा विभिन्न अनलाइन र टेलिभिजन माध्यमहरूले समाचार प्रसारण गरेका थिए।

एभिन्युज टेलिभिजन तथा सप्तकोसी टेलिभिजनका मोरङ प्रतिनिधि रविन्द्र बरालले बालिकाको अवस्था रंगेली अस्पतालका मेसु बसन्त कुमार साह र व्यवस्थापन समितिका पदाधिकारीहरूलाई जानकारी गराएपछि अस्पताल प्रशासनले पहल गरेको हो।

अस्पताल प्रशासनले प्रमिलाको पहिलो चरणमा पेटको एक्स–रे, भिडियो एक्स–रे तथा रगतको सम्पूर्ण परीक्षण निशुल्क गराएको छ। डाक्टर हरेराम माझीका अनुसार सबै रिपोर्टहरू सामान्य देखिएका छन् र औषधोपचारबाटै सुधार हुने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...