News Portal

  • सुनचाँदी व्यवसायीको आन्दोलनले राजधानीका बजार ठप्प, विलासिता कर फिर्ता नहुन्जेल बन्द नै राख्ने चेतावनी

    ९६ पटक

    काठमाडौं, असार १५ – राजधानीसहित उपत्यकाका प्रमुख सुनचाँदी बजार व्यवसायीहरूको आन्दोलनका कारण आइतबार पनि पूर्ण रूपमा बन्द रहेका छन्। न्यूरोडलगायतका मुख्य गहना बजारहरू सुनसान हुँदा गरगहना किनबेच ठप्प बनेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले बजेटमार्फत सुनका गहनामा थप गरेको २ प्रतिशत विलासिता कर तत्काल फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलन चर्काएको छ। महासंघका अध्यक्ष अर्जुन रसायलीका अनुसार व्यवसायीका माग सम्बोधन नभएसम्म सुनचाँदीको कारोबार सञ्चालन नहुने चेतावनी दिइएको छ।

    महासंघले नयाँ दर तोक्ने काम समेत केही समयका लागि रोक्दै दबाब सिर्जना गरिरहेको छ। यद्यपि अध्यक्ष रसायलीका अनुसार नयाँ दर चाँडै सार्वजनिक गरिने तर आन्दोलन भने माग पुरा नभएसम्म कायमै रहनेछ।

    सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनका सबै प्रकारका गहनामा २ प्रतिशत विलासिता कर थपेपछि व्यवसायीहरू आन्दोलित भएका हुन्। यसअघि १० लाख रुपैयाँभन्दा बढी मूल्यका गहना एकैपटक किन्दा मात्र यस्तो कर लाग्थ्यो, जसले ग्राहकहरूलाई सानो सानो रकममा गहना किन्ने सुविधा दिएको थियो।

    नयाँ व्यवस्थाले कुनै पनि मूल्यका गरगहनामा सीधा २ प्रतिशत कर थपिने भएकाले गहना झन्डै ६ प्रतिशतसम्म महँगो पर्ने व्यवसायीहरूको दाबी छ। उनीहरूले यो व्यवस्थाले भारततिर सुन सस्तो हुने हुँदा तस्करी अझ मौलाउने खतरा रहेको चेतावनीसमेत दिएका छन्।

    सरकारले बजेट संशोधनका क्रममा माग सम्बोधन गर्ने संकेत देखाए पनि व्यवहारमा कुनै सुनुवाइ नभएको भन्दै व्यवसायीहरू आक्रोशित बनेका छन्। उनीहरूले माग पुरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाइने बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...