News Portal

  • सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कार पछि हत्या, पाँच जना युवक पक्राउ

    ३३४ पटक

    काठमाडौं, असार १३ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गतको छ्याङ्दी जङ्गल क्षेत्रमा असार ११ गते एक ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ। अनुहारमा गम्भीर चोट रहेका कारण प्रारम्भिक अवस्थामै घटनालाई शंकास्पद मान्दै प्रहरीले अनुसन्धान अघि बढाएको हो।

    घटनापछि तत्काल इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट टोली परिचालन गरिएको थियो भने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीको नेतृत्वमा थप अनुसन्धान टोली घटनास्थल पुगेको थियो। काठमाडौंबाट तालिमप्राप्त कुकुर समेत झिकाएर सुराकी सङ्कलन गर्ने काम गरिएको प्रहरीले जनाएको छ।

    पोस्टमार्टमका लागि बालिकाको शव काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ। घटनाको प्रकृति र प्रारम्भिक प्रमाणहरूका आधारमा यसलाई गम्भीर आपराधिक घटनाको रूपमा लिएर अनुसन्धान अघि बढाइएको छ।

    प्रहरीका अनुसार प्रारम्भमा तीन जनालाई पक्राउ गरिएको थियो। उनीहरूबाट प्राप्त बयान र थप अनुसन्धानपछि अन्य दुई जनाको संलग्नता समेत पुष्टि भएको हो। हालसम्म २० देखि ३२ वर्ष उमेर समूहका पाँच जना स्थानीय युवकहरूलाई नियन्त्रणमा लिइएको छ, जसमा पीडित बालिकाका आफन्त समेत एक जना रहेको बताइएको छ।

    प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा घटनालाई योजनाबद्ध रूपमा सम्पन गरिएको हुनसक्ने संकेत दिएको छ। पक्राउ परेकाहरूले घटनाअघि स्वास्थ्य संस्थाबाट केही सामग्री संकलन गरेको र पीडित बालिकासँग परिचय रहेको तथ्य समेत खुलेको छ।

    प्रहरीले घटनास्थल तथा संलग्न व्यक्तिहरूका घरबाट केही प्रमाणहरू समेत सङ्कलन गरेको छ। हाल आरोपीहरूलाई जबरजस्ती करणी र ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत सिन्धुपाल्चोकबाट सात दिनको म्याद प्राप्त गरिएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...

    आज २०८२ साल मंसिर १ गतेको राशिफल

    आज मंसिर १, २०८२ (नोभेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अरबमा नेपाली श्रमिक शोषण तीव्र – धिरेन सुवेदी

    काठमाडौं – अरब मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था अझै पनि चुनौतीपूर्ण बन्दै गएको छ। चम्किला...