News Portal

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोर्ड बैठकपछि मिति तय हुने

३३४ पटक

काठमाडौं, असार १३ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब छिट्टै सार्वजनिक हुने तयारीमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार, नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने आज बस्ने बोर्ड बैठकले नतिजा कहिले सार्वजनिक गर्ने भन्नेबारे अन्तिम निर्णय लिनेछ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, “हामी अन्तिम तयारीको अवस्थामा छौं। कतिपय माध्यमहरूमा आज साँझ ५ बजे नतिजा आउने भनेर चर्चा चलेपनि त्यो आधिकारिक होइन। बैठक बसेपछि मात्रै नतिजा सार्वजनिक गर्ने समय तय हुनेछ।”

यसपटक शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको थियो। तर सरकारले आन्दोलनरत शिक्षकहरूको मागमा सकारात्मक प्रतिवद्धता जनाएपछि मूल्याङ्कन प्रक्रिया अघि बढेको हो। आन्दोलनको असरका बीच पनि बोर्डले जिम्मेवारीपूर्वक काम अघि बढाएको छ।

यस वर्षको एसईईमा कुल ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा ४९ हजार २८६ जना बढी हो। गतवर्ष ४ लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...