News Portal

नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने, तुइन खोला नजिक ढुंगा हटाइँदै

३७६ पटक

चितवन, असार १२ – चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड आज असार १२ गते बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि बन्द गरिने भएको छ। तुइन खोलाको पुल नजिकैको क्षेत्रमा पहिरोको जोखिम देखिएपछि अड्किएका ढुंगा हटाउने कार्यका लागि दुई घण्टा सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो।

सडक डिभिजन कार्यालय भरतपुरले आज बिहानै सार्वजनिक सूचना जारी गर्दै सो समयावधिमा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ। सूचना अनुसार सो क्षेत्रमा कुनै पनि बेला ठूला ढुंगा खस्ने खतरा रहेकाले दुर्घटनाको सम्भावना न्यूनिकरण गर्न लङ्ग बुम एक्साभेटर प्रयोग गरी ढुंगा फाल्ने काम सुरु गरिएको छ।

डिभिजन कार्यालयले दिएको जानकारीअनुसार, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म करिब दुई घण्टा सवारी सञ्चालनमा पूर्ण रोक लगाइनेछ। उक्त अवधिमा लेन अनुशासन पालना गरी सवारी साधन सुरक्षित स्थानमा रोकिन र आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

यात्रा तय गर्दै गरेका सर्वसाधारण, यात्रु र सवारी चालकहरूले वैकल्पिक योजना बनाउनुका साथै निर्धारित समयसम्म सडक खुल्ने प्रतीक्षा गर्नुपर्ने हुनेछ।

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...