News Portal

नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने, तुइन खोला नजिक ढुंगा हटाइँदै

२९१ पटक

चितवन, असार १२ – चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड आज असार १२ गते बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि बन्द गरिने भएको छ। तुइन खोलाको पुल नजिकैको क्षेत्रमा पहिरोको जोखिम देखिएपछि अड्किएका ढुंगा हटाउने कार्यका लागि दुई घण्टा सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो।

सडक डिभिजन कार्यालय भरतपुरले आज बिहानै सार्वजनिक सूचना जारी गर्दै सो समयावधिमा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ। सूचना अनुसार सो क्षेत्रमा कुनै पनि बेला ठूला ढुंगा खस्ने खतरा रहेकाले दुर्घटनाको सम्भावना न्यूनिकरण गर्न लङ्ग बुम एक्साभेटर प्रयोग गरी ढुंगा फाल्ने काम सुरु गरिएको छ।

डिभिजन कार्यालयले दिएको जानकारीअनुसार, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म करिब दुई घण्टा सवारी सञ्चालनमा पूर्ण रोक लगाइनेछ। उक्त अवधिमा लेन अनुशासन पालना गरी सवारी साधन सुरक्षित स्थानमा रोकिन र आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

यात्रा तय गर्दै गरेका सर्वसाधारण, यात्रु र सवारी चालकहरूले वैकल्पिक योजना बनाउनुका साथै निर्धारित समयसम्म सडक खुल्ने प्रतीक्षा गर्नुपर्ने हुनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...