News Portal

चन्द्रागिरी यातायात कार्यालयमा ‘छिटो काम गरिदिन्छौं’ भन्दै हैरानी दिने ६ जना पक्राउ

३८२ पटक

काठमाडौं, असार ११ – राजधानीको चन्द्रागिरीस्थित गुर्जुधारा यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीमाथि धाँधलीपूर्वक दबाब र हैरानी दिने गिरोह सक्रिय रहेको सूचना पाएपछि प्रहरीले छ जना युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–६ का २९ वर्षीय विकास तामाङ, मकवानपुरका २५ वर्षीय सुशील अधिकारी र १९ वर्षीय छिरिङ लो, सर्लाहीका २४ वर्षीय अनिश ठकुरी, धादिङका २७ वर्षीय मनोज तामाङ तथा गोरखाका २४ वर्षीय राजीव खत्री रहेका छन्। ती युवाहरूले कार्यालयमा आउने सेवाग्राहीलाई “छिटो काम गरिदिन्छौं” भनेर प्रलोभनमा पार्ने, अनावश्यक झन्झटमा पार्ने र प्रक्रियालाई विकृत बनाउने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले जानकारी दिए।

प्रहरीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएपछि अभद्र व्यवहार सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाएको छ।

सेवाग्राहीको हित र सरकारी कार्य प्रणालीको मर्यादा कायम राख्न प्रहरीले यस्ता विकृति विरुद्धको कारबाहीलाई अझ कडा बनाउँदै लैजाने जनाएको छ। प्रहरीले सेवाग्राहीहरूलाई यस्ता प्रलोभनमा नपर्न र सेवा लिन सीधै काउन्टरको सहारा लिन आग्रह समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...