News Portal

मिनिल्याण्ड बोर्डिङ स्कुलमा एनसीसी तालिम सुरु

३३२ पटक

मोरङ, असार ११ – रंगेली नगरपालिका–७ स्थित मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुलमा पहिलोपटक राष्ट्रिय क्याडेट कोर (एनसीसी) को तालिम सुरु गरिएको छ। राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयद्वारा सञ्चालित एनसीसी जुनियर डिभिजन तालिमको पहिलो चरणको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको हो।

बिगत वर्ष विद्यालयले एनसीसी तालिमका लागि आवेदन दिए पनि छनोट प्रक्रियामा समस्या आउँदा तालिम सञ्चालन हुन सकेको थिएन। यस वर्ष भने विद्यालय छनोटमा परेपछि तालिम सुरु गरिएको हो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगरप्रमुख दिलीपकुमार अग्रवाल, विशिष्ट अतिथिका रूपमा शिवदल गण थलाहाका गणपति प्रमुख सेनानी अरुण कार्की, सेनानी हेमकुमार शिवाकोटी तथा विद्यालयका प्रिन्सिपल विकर्ण कार्की, अभिभावक तथा अन्य पाहुनाहरूको उपस्थिति रहेको थियो।

तालिममा १५ जना छात्र र १५ जना छात्राहरू सहभागी छन्। सेनानीहरूले सहभागी विद्यार्थीहरूलाई एनसीसी तालिमको उद्देश्य, महत्व, नियम तथा राष्ट्रसेवाको भावनाबारे जानकारी गराउनुका साथै तालिमअन्तर्गत गरिने गतिविधिबारे पनि विस्तृत रूपमा जानकारी दिएका थिए।

प्रिन्सिपल विकर्ण कार्कीका अनुसार तालिमको अवधि ३ महिना रहनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...