News Portal

धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या आशंका, अनुसन्धानमा प्रहरी

२०३ पटक

धनगढी, असार ९ – धनगढी उपमहानगरपालिका–२, बैयाबेडीस्थित एउटा कोठामा एक युवती रहस्यमय अवस्थामा मृत फेला परेकी छन्। घटनाबारे अनुसन्धान अघि बढ्दै जाँदा उनको हत्या भएको आशंका गरिएको छ।

सोमबार बिहान ३० वर्षीया रेणु चौधरी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्। विशेष कुरा त के छ भने उनको कोठा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा भेटिएको थियो। शवको प्रकृति हेर्दा हत्या भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए।

मृतक चौधरी कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीकी हुन्। धनगढीमा अवस्थित एक खानेपानी संस्थामा कार्यालय सहयोगीको रूपमा कार्यरत उनी चार दिनदेखि सम्पर्कविहीन थिइन्।

घटनास्थलमा पुगेका प्रहरीका अनुसार मृतकको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ भने कन्चटमा समेत चोट लागेको छ। घरबेटीले गन्ध आउन थालेपछि शंका गरी झ्यालबाट हेरेकी थिइन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

हाल घटनाबारे गहिरो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवलाई परीक्षणका लागि अस्पताल पठाइएको छ। घटनाको पछाडिको सत्यतथ्य चाँडै सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...