News Portal

एसईई नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी, कार्यतालिका प्रभावित

२८२ पटक

काठमाडौँ, असार ९ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। उत्तरपुस्तिका परीक्षणमा भएको ढिलाइका कारण पूर्व निर्धारित मितिमा नतिजा प्रकाशन गर्न नसकिएको बोर्डले जनाएको छ।

यसअघि बोर्डले नतिजा असार ६ गतेभित्र सार्वजनिक गर्ने योजना बनाएको थियो। तर गत चैत महिनामा शिक्षकहरूले काठमाडौँमा गरेको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ३२ दिन ढिलाइ भएको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिए। आन्दोलनले गर्दा गत वर्ष चैत २० गतेदेखि वैशाख १७ गतेसम्म उत्तरपुस्तिका परीक्षण नै अवरुद्ध भएको थियो।

हाल परीक्षण र सम्परीक्षणको काम पूरा भइसकेको र अहिले अंक इन्ट्री र प्रोसेसिङको काम तीव्र गतिमा अघि बढिरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। डा. भट्टराईका अनुसार इन्ट्री र प्रोसेसिङ सक्न अझै करिब ३५ दिन लाग्ने देखिएको छ। यद्यपि, ढिलाइ कम गर्न बोर्डले डबल सिफ्टमा काम गरिरहेको छ र असारको तेस्रो वा चौथो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

‘शिक्षक आन्दोलनले ३२ दिन ढिलाइ गराएको हो। हामीले सक्दो छिटो काम गरेर १० देखि १६ दिनभित्र नतिजा निकाल्ने प्रयास गरिरहेका छौँ,’ भट्टराईले भने।

२०७८ सालको चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए। नतिजा ढिलो हुँदा कक्षा ११ को भर्ना प्रक्रिया समेत प्रभावित हुने देखिएको छ।

बोर्डको वार्षिक कार्यतालिकाअनुसार नतिजा असार ६ गतेभित्र सार्वजनिक गर्ने, असार २२ गतेसम्म पुनर्योगका लागि आवेदन लिने र साउन १२ गतेभित्र पुनर्योगको नतिजा प्रकाशन गर्ने लक्ष्य थियो। त्यसैगरी, साउन १९ र २० गते पूरक परीक्षा सञ्चालन गरी भदौ २० गतेभित्र त्यसको नतिजा प्रकाशित गर्ने कार्यतालिका तय गरिएको थियो।

तर, नतिजा प्रकाशनमा भएको ढिलाइका कारण अन्य सम्पूर्ण तालिकाहरू पनि पछि सर्ने देखिएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...