News Portal

लखन थापा सहिद गेट नजिकै बुङ्कोट, नाम्जुङ, घैरुङ हुँदै तिनमाने–मनकामना जाने सडक पुनः पहिरोले अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न अपिल

३४७ पटक

गोरखा, असार ९ – गोरखा सदरमुकाम हुँदै मनकामना मन्दिर जाने मुख्य सडक फेरि पहिरोले अवरुद्ध भएको छ। सहिद लखन गाउँपालिका प्रवेशद्वार नजिकैको लखन थापा सहिद गेट आसपास बुङ्कोट, नाम्जुङ, घैरुङ हुँदै तिनमाने–मनकामना जाने सडकमा लगातारको वर्षासँगै ठूलो पहिरो खस्दा आवागमन ठप्प बनेको हो।

गत वर्षको मनसुनमा समेत भासिएको उक्त सडकखण्ड असार ८ गते रातिदेखि परेको झरीले पुनः भत्किएको हो। यस क्षेत्रको आधा भाग पहिल्यै भासिएको अवस्थामा रहेकोमा नयाँ पहिरो थपिएपछि सवारी साधन मात्र होइन, पैदल यात्रीहरू समेत जोखिममा परेका छन्।

सडक खुलाउने प्रयास भैरहे पनि निरन्तर झरीका कारण काममा बाधा पुगेको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले नागरिकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेका छन्।

‘जोखिम बढेको छ, सावधानी अपनाउन आग्रह छ,’ एक स्थानीय प्रशासनिक अधिकारीले हिमाली सञ्चारसँग भने, ‘सडक खुलाउने प्रयास जारी छ, तर मौसमले साथ नदिँदा समस्या भइरहेको छ।’

स्थानीय बासिन्दा र यात्रुहरूलाई सुरक्षित रहन र आवश्यक सूचना लिएर मात्रै यात्रा तय गर्न प्रशासनले विशेष अनुरोध गरेको छ। अहिले पनि सुरक्षाकर्मी र डोजर परिचालन गरेर पहिरो हटाउने काम भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...