News Portal

लखन थापा सहिद गेट नजिकै बुङ्कोट, नाम्जुङ, घैरुङ हुँदै तिनमाने–मनकामना जाने सडक पुनः पहिरोले अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न अपिल

२८० पटक

गोरखा, असार ९ – गोरखा सदरमुकाम हुँदै मनकामना मन्दिर जाने मुख्य सडक फेरि पहिरोले अवरुद्ध भएको छ। सहिद लखन गाउँपालिका प्रवेशद्वार नजिकैको लखन थापा सहिद गेट आसपास बुङ्कोट, नाम्जुङ, घैरुङ हुँदै तिनमाने–मनकामना जाने सडकमा लगातारको वर्षासँगै ठूलो पहिरो खस्दा आवागमन ठप्प बनेको हो।

गत वर्षको मनसुनमा समेत भासिएको उक्त सडकखण्ड असार ८ गते रातिदेखि परेको झरीले पुनः भत्किएको हो। यस क्षेत्रको आधा भाग पहिल्यै भासिएको अवस्थामा रहेकोमा नयाँ पहिरो थपिएपछि सवारी साधन मात्र होइन, पैदल यात्रीहरू समेत जोखिममा परेका छन्।

सडक खुलाउने प्रयास भैरहे पनि निरन्तर झरीका कारण काममा बाधा पुगेको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले नागरिकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेका छन्।

‘जोखिम बढेको छ, सावधानी अपनाउन आग्रह छ,’ एक स्थानीय प्रशासनिक अधिकारीले हिमाली सञ्चारसँग भने, ‘सडक खुलाउने प्रयास जारी छ, तर मौसमले साथ नदिँदा समस्या भइरहेको छ।’

स्थानीय बासिन्दा र यात्रुहरूलाई सुरक्षित रहन र आवश्यक सूचना लिएर मात्रै यात्रा तय गर्न प्रशासनले विशेष अनुरोध गरेको छ। अहिले पनि सुरक्षाकर्मी र डोजर परिचालन गरेर पहिरो हटाउने काम भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...