News Portal

  • बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सम्पन्न

    २१४ पटक

    रविन्द्र बराल/ मोरङ, असार ८ – सुनवर्सी–५ स्थित वडा कार्यालयमा तीन दिने बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ। तालिममा सुनवर्सी नगर भित्र छरिएर रहेका सहकारी संस्थाहरूका ३० जना युवा तथा महिलाहरू सहभागी थिए।

    पछिल्लो समय गाउँघरमा रहेका सहकारी संस्थाहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र सहकारी सञ्चालकहरूको काम र कर्तव्यका विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। अहिलेसम्म सुनवर्सी नगरपालिकाले सहकारीसम्बन्धी यस्तो कार्यक्रम ल्याउन नसकेको तर वडा नम्बर ५ का अध्यक्ष युगेश्वर ठाकुरले यस्तो कार्यक्रम ल्याएर राम्रो काम गरेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

    नगरपालिकामा दुई वटा कार्यालय हुँदा हुँदै पनि सहकारीसम्बन्धी यस्तो तालिम नहुनु लज्जास्पद भएको उनीहरूको भनाइ थियो। सहभागीहरूलाई सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा यस्ता कार्यक्रम अगाडि बढाइने वडा अध्यक्ष युगेश्वर ठाकुरले जानकारी दिए।

    अहिलेसम्म नगरपालिकाले गर्नुपर्ने काम वडाले गरेकोमा जिल्ला सहकारी संघका राकेश दाहालले वडा अध्यक्षको प्रशंसा गरे। तीन दिनसम्म सञ्चालन भएको तालिममा मनोज कार्की, राजेश दाहाल र राकेश दाहालले प्रशिक्षण दिएका थिए। कार्यक्रममा कमलेश्वर ठाकुर, वडा सचिव अभिमन्यु दास, वडा सदस्य प्रदीप दास, वीरेन्द्र दासलगायत स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको सहभागिता थियो।

    असार ५ गतेदेखि सुरु भएको तालिम शनिबार, असार ७ गते सम्पन्न गरिएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ४ गतेको राशिफल

    आज मंसिर ४, २०८२ (नोभेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गल्ति भयो भनेर मात्र पुग्दैन सच्याउन सक्नुपर्छ

    – कमला थापा २०८२ मंसिर ३ गते। ३६ बर्षसम्म सत्ताको राजनिति गर्नेहरुले आज मूलुकमा पुर्याएको...

    सिमरामा एमाले नेताहरूलाई विमानस्थलबाट रोकिँदा ओलीको आपत्ति, पार्टीले प्रतिवाद गर्ने चेतावनी

    काठमाडौं, मंसिर ३ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले सिमरामा आयोजना हुने कार्यक्रममा आफ्नो पार्टीका...

    भक्तपुरमा स्कुल भ्यानले सामुदायिक कुकुरलाई ठक्कर, एकको मृत्यु

    भक्तपुर, मंसिर ३ – भक्तपुर ठिमीस्थित एमिनिटी इङ्लिस सेकेन्डरी स्कुलको भ्यानले सोमबार बिहान कागेश्वरी मनोहरा...

    केपी ओलीले सरकारसँग दुर्गा प्रसाईँ पक्राउबारे स्पष्ट जवाफ मागे

    काठमाडौं, मंसिर ३ – नेकपा एमाले अध्यक्ष केपी ओलीले दुर्गा प्रसाईँको पक्राउबारे सरकारसँग स्पष्ट जवाफ...